८ स्पिड अटोमेटिक ट्रान्समिसनको प्यालिसेड नेपालमा, मूल्य दुई करोड
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी ‘प्यालिसेड’ नेपाल भित्र्याएको छ।
कोरियामा उत्पादित यो एसयूभी लक्ष्मी इन्टरकन्टिनेन्टलले छिटै नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। प्यालिसेड ७ सिट क्षमताको प्रिमियम एसयूभी हो।
यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनसहितको छ। यसको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा उपलब्ध हुनेछ। जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्छ।