देशभरका तीन स्थानीय तहमा ब्यांक पुग्न बाँकी
देशभरका तीन स्थानीय तहमा ‘क’ वर्गका ब्यांकको शाखा विस्तार हुन बाँकी छ।
अर्थ मन्त्रालयका अनुसार, गत वैशाखसम्म ७५० स्थानीय तहमा वाणिज्य ब्यांकको शाखा विस्तार भएको छ।
धादिङको रुबीभ्याली, जाजरकोटको जुनिचाँदे र बझाङको साइपालfमा वाणिज्य ब्यांकहरू पुग्न सकेका छैनन्।
२०७७ को वैशाखसम्म ७४६ स्थानीय तहमा वाणिज्य ब्यांकका शाखा खुलेका थिए। एक वर्षमा ४ स्थानीय तहमा शाखा विस्तार भएको मन्त्रालयले जनाएको छ।