६३ अंकले घट्यो नेप्से, परिसूचक २९०५ बिन्दुमा
आइतबार शेयर बजार परिसूचक, नेप्से ६३.२८ अंकले घटेको छ। बजार खुलेदेखि ओरालो लागेको परिसूचक २९०५.१४ बिन्दुमा पुगेर रोकिएकोे हो।
आज २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार नेप्सेमा सूचीकृत सबै समूहको सूचक ओरालो लाग्यो। तर, गोर्खाज् फाइनान्सको शेयर मूल्य ५.४१ प्रतिशतले बढेको छ। त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको ३.३६ र रुरु जलविद्युत्को शेयर मूल्य ३.१६ प्रतिशतले बढेको छ।
त्यसैगरी यूनियन हाइड्रोपावरको शेयर मूल्य ९.८१, श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.८४, वरुण हाइड्रोपावरको ८.७३ र नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ८.७० प्रतिशतले घटेको छ।