आज २४ सय संक्रमित थपिए, ३४ जनाको मृत्यु
आज देशभर दुई हजार ४०१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ११ हजार ६९६ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये सात हजार १० जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८ र चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा कोरोना देखिएको हो।
आज कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ। शुक्रबार ४४ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ६७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना निको भएका छन्। शुक्रबार चार हजार २० जना निको भएका थिए।