'अब तिमी सानी हैन'
ह्यान्स क्रिश्चियन एन्डर्सन (सन् १८०५—१८७५) डेनमार्कका लेखक हुन्। उपन्यास, नाटक, यात्रा वृत्तान्त, कथा, कविता जस्ता धेरै विधामा कलम चलाएका उनी खासगरी लोक बालकथा तथा परीकथाका लागि प्रख्यात छन्। उनका नौ पुस्तकमा १५६ वटा बालकथा सङ्ग्रहित छन्। उनका कथाहरु विश्वका १२५ भन्दा बढी भाषामा प्रकाशित छन्। 'परदेशी साहित्य' शृंखलामा यस पटक एन्डर्सनको 'थम्बलिना' (मूल डेनिस भाषामा 'टमलिजा', पहिलो प्रकाशन सन् १८३५ डिसेम्बर) शीर्षकको लोक बालकथाको अनुवाद प्रस्तुत छ।
एकादेशमा एउटी अधबैंसे महिला थिई। उसलाई साह्रै सानो नानी पाउने रहर थियो। तर, उसको त्यो रहर पूरा भएन। एक दिन उसले परीलाई आफ्नो रहर सुनाई, “मलाई सानो नानी पाउने साह्रै ठूलो धोको छ, कसरी पाउन सक्छु होला?”
“सजिलै सक्छ्यौ,” परीले भनी, “म तिमीलाई एउटा जौको बीउ दिन्छु। यो किसानका खेतबारीमा फल्ने र कुखुराले खाने जौभन्दा अलि फरक छ। यसलाई लगेर गमलामा रोप। अनि हेर, के हुन्छ!”
महिलाले परीलाई धन्यवाद दिई। जौको बीउको मोल १२ पैसा तिरी र घर लगेर परीले भने जस्तै गमलामा रोपी। एकैछिनमा त्यहाँ एउटा बोट उम्रिएर सुन्दर फूल फुल्यो। हेर्दा कमलको फूल जस्तै देखियो। फूलका पत्रहरू कोपिलामा जस्तै कस्सिएका थिए।
“आहा कति राम्रो!” महिला खुशीले गदगद भई र त्यसका राता र सुनौला पत्रलाई चुमी।
उसले त्यसो गर्दागर्दै फूल फक्रियो र साँच्चैको कमल बन्यो। फूलका मखमली पत्रहरूका बीचमा एउटी साह्रै नाजुक र हिस्सी परेकी एउटी केटी बसेकी थिई। उसको कद मान्छेको हातको बूढीऔंलाको आधी जति थियो। त्यो साह्रै सानी भएकीले महिलाले उसको नाम पनि ‘सानी’ नै राखिदिई।
सानीका लागि उसले ओखरका खपटा सिँगारेर कोक्रो र स–साना रङ्गीचङ्गी पातहरूको बिछ्यौना बनाई। त्यसलाई गुलाबका फूलको पत्रले छोपछाप पारी। सानी राति त्यसैमा सुत्थी। दिउँसो चाहिँ एउटा बाटा (भाँडा) मा पानी भरेर राखिएको टेबलमा खेल्थी। बाटालाई वरिपरि माला जस्तै फूलको हारले सजाइएको थियो। फूलका भेट्ना पानीमा डुबेका थिए। त्यसको बीचमा कमलको एउटा ठूलो पात तैरिएको थियो। त्यसलाई सानीले डुङ्गा बनाएकी थिई। त्यसैमा चढेर तैरिँदै सानी बाटामा यताउति गर्थी। डुङ्गा खियाउने दाबिलो चाहिँ घोडाका दुइटा सेता रौं थिए। उसको बालक्रीडा साह्रै मनमोहक देखिन्थ्यो। सानी गीत पनि गाउँथी। उसले जस्तो मीठो गीत कसैले गाउन सक्दैनथ्यो।
एक रात, सानी आफ्नै नरम ओछ्यानमा सुतिरहेकी थिई। एउटी खस्रे बूढी भ्यागुती झ्यालको सिसा फुटेर बनेको प्वालबाट भित्र पसी। त्यो ठूली र साह्रै नराम्री थिई। उफ्रेर टेबलमा चढी। सानी गुलाबको फूलको पत्रको सिरक ओढेर सुतिरहेकी थिई।
“यो त मेरो छोराकी दुलही बन्न सुहाउने रै’छे,” भ्यागुती मख्ख परी र सानी सुतिरहेकी ओखरको खपटाको कोक्रो बोकेर झ्यालबाट बाहिर बगैंचातिर हामफाली।
बगैंचामा धाराको सिमसार छेउमा बूढी भ्यागुती आफ्नो छोरोसँग बस्थी। उसको छोरो आमाभन्दा कुरूप थियो। सुन्दर ओछ्यानमा मस्त सुतिरहेकी सानीलाई देखेर बूढी भ्यागुतीको छोरो झन्डै बेहोश भयो। अनि त्यो अत्तालिएर ट्वार...ट्वार...ट्वार...गर्न थाल्यो।
“हल्ला नगर्, अहिले ब्युँझिएली र भाग्ली,” भ्यागुतीले छोरालाई हकारी, “यो हाँसको प्वाँख जस्तै हलुका छे। यसलाई हामीले खोलाको बीचको कमलको पातमा राख्नुपर्छ। त्यो ठाउँ उसलाई टापु जस्तै लाग्नेछ। यो यति सानी र हलुका छे, त्यहाँबाट भाग्न पनि सक्दिन। ऊ त्यहाँ भएकी वेला हामीले सिमसारमुनि एउटा कोठा बनाउनुपर्छ। बिहेपछि तिमीहरू त्यसैमा बस्नेछौ।”
पानीभित्र पौडिरहँदा बूढी भ्यागुतीलाई देखेका र उसका कुरा सुनेका स–साना माछाहरूले नयाँ बेहुली हेर्न पानीबाट टाउको उठाए। उनीहरूले सानीलाई साह्रै सुन्दर देखे। त्यस्ती सुन्दरीले त्यस्तो कुरूप भ्यागुतोसँग बिहे गरेर बस्नुपर्ने कुराले उनीहरू दुःखी भए।
खोलामा परपरसम्म कमलका बोट थिए। ती पानीमा तैरिइरहे जस्ता देखिन्थे। अलि पर अरूभन्दा ठूलो पात थियो। बूढी भ्यागुती सानी सुतिरहेकी ओखरको खपटाको कोक्रो बोकेर त्यहीँ पुगी।
सानी बिहान सबेरै ब्युँझिई। उसले आफूलाई नौलो ठाउँमा पाई। आफू बसेको ठूलो पातको वरिपरि पानी बाहेक केही देखिन। जमीनमा पुग्ने कुनै बाटो पनि देखिन। ऊ अत्तालिएर चिच्याउँदै रुन थाली।
त्यसवेला बूढी भ्यागुती सिमसारमुनि आफ्नो छोरा र छोराको नयाँ बेहुलीका लागि पराल र पहेंला जङ्गली फूलले सिँगारेर कोठा बनाउँदै थिई। त्यसपछि ऊ आफ्नो कुरूप छोरालाई साथै लिएर पौडिँदै सानी भएको पातमा पुगी। उसले छोरा र सानीको बिहेका लागि तयार पारेको कोठामा राख्न उसको ओछ्यान लैजान खोजी। बूढीले सानीतिर फर्केर पानीमुनिबाट टाउको बाहिर निकाली र आफ्नो छोरो केटो भ्यागुतोलाई देखाउँदै बोली, “यो मेरो छोरो हो, अब यो तेरो लोग्ने बन्नेछ। अनि तिमीहरू खोला किनारको सिमसारमा खुशीसाथ बस्नुपर्छ।”
“ट्वार...ट्वार...ट्वार...,” छोरो भ्यागुतोले यति मात्रै भन्यो। त्यसपछि भ्यागुती सानीको ओछ्यान लिएर पौडिँदै सिमसारतिर फर्की। सानी हरियो पातमा एक्लै रुँदै बसी। बूढी भ्यागुतीसँग उसको कुरूप छोरालाई लोग्ने बनाएर बस्नुपर्ने कुरा सम्झिएर सानीलाई असह्य भयो। त्यसैबेला पानीभित्र पौडिरहँदा बूढी भ्यागुतीलाई देखेका र उसका कुरा सुनेका स–साना माछाहरूले नयाँ बेहुली हेर्न पानीबाट टाउको उठाए। उनीहरूले सानीलाई साह्रै सुन्दर देखे। त्यस्ती सुन्दरीले त्यस्तो कुरूप भ्यागुतोसँग बिहे गरेर बस्नुपर्ने कुराले उनीहरू दुःखी भए। ‘अहँ, यस्तो हुनै सक्दैन!’ भन्दै माछाहरू सानी बसेकी पातको वरिपरि भेला भए र पातको भेट्नो टोकेर चुँडाइदिए। त्यसपछि त्यो पात सानीलाई बोकेर बग्दैबग्दै तलतिर जानथाल्यो।
सानीले धेरै शहरहरू पार गरी। उसलाई झाडीमा रमाइरहेका मसिना चराहरूले देखे र गीत गाए, “आहा कति सुन्दर!” पात सानीलाई लिएर तैरिँदै टाढा–टाढासम्म बगिरह्यो। एउटा सुन्दर सानो सेतो पुतली फरर उड्दै सानीको वरिपरि निकै पटक घुम्यो र पातमा बस्यो। सानी खुशी भई। ऊ अर्कै देशमा पुगिसकेकी थिई। अब भ्यागुतो त्यहाँसम्म आइनपुग्ने कुरामा ऊ ढुक्क भई। तैरिँदै बगिरहँदा उसले आफू पुगेको देश धेरै सुन्दर पाई। पानीमा घामको सुनौलो सुन्दर प्रतिविम्ब पनि देखी। सानीले आफ्नो पटुकी खोली र त्यसको एक छेउमा पुतलीलाई र अर्को छेउमा पातलाई बाँधी। अब उसको पातेडुङ्गा सानीलाई बोकेर छिटोछिटो बग्नथाल्यो।
एउटा ठूलो गोब्रेकीरो नजिकैबाट उड्यो। सानीलाई देख्नासाथ त्यसले उसको पातलो कम्मरमा आफ्नो नङ्ग्राले समात्यो र उडाउँदै लगेर रूखमा बस्यो। सानीको हरियो पातको डुङ्गा खोलामा तैरिँदै बगिरह्यो। पुतली त्यसलाई तान्दै उडिरह्यो। बाँधिएको हुनाले छुट्टिएर जानसकेन।
गोब्रेकीरोले रूखमाथि लैजाँदा सानी कम्ता डराइन! उसलाई पातमा बाँधिएको पुतली केही गरी छुट्टिन सकेन भने भोकले मर्नेछ भनेर माया लाग्यो। तर, गोब्रेकीरालाई त्यसको कुनै चिन्ता थिएन। त्यो सानीको नजिकै ठूलो हरियो पातमा बस्यो। फूलबाट मह झिकेर सानीलाई खान दियो। त्यसले सानीलाई धेरै राम्री भनेर प्रशंसा गर्यो, तर ‘गोब्रेकीरा जत्ति चाहिँ हैन है’ भन्यो। एकैछिनमा अरू गोब्रेकीराहरू पनि आए। तिनीहरूले आआफ्ना सिङ ठाड्ठाडो पारे।
एउटाले भन्यो, “यसका दुइटा मात्रै खुट्टा छन्। कस्तो नराम्रो देखिएको!”
अर्कोले थप्यो, “यसका त सिङ पनि छैनन्। कम्मर पनि कति सानो छ। ओहो, यो त मान्छे जस्तै पो देखिन्छे!”
“छ्या, कस्ती नराम्री!” सानी धेरै राम्री भए पनि सबै पोथी गोब्रेकीराले खिल्ली उडाए।
गर्मीयामभरि सानी एक्लै जङ्गलमा बसी। सानीले घाँसले बुनेर सुत्ने ओछ्यान र बस्ने ठाउँ बनाई। आफूलाई पानीबाट जोगाउन त्यसलाई ठूलो पातको मुन्तिर झुन्ड्याई। भोक मेट्न ऊ फूलको रस चुस्थी। प्यास मेट्न हरेक बिहान पातमा झरेका शीतका थोपा पिउँथी।
सानीलाई लिएर आउने गोब्रेकीरोले पनि उसका साथीहरूको कुरा पत्यायो। उसलाई पनि सानी नराम्री लाग्न थाली। तर, सानीलाई केही भनेन र आफूखुशी जहाँ मन लाग्छ जाऊ भनेर छाडिदियो। त्यसपछि उसले सानीलाई उडाएर रूखबाट तल झार्यो र डेइजी फूलमा राखिदियो। गोब्रेकीराहरूले समेत आफूलाई नराम्री भनेकामा सानी रुन थाली। वास्तवमा सानी अरू सबै जीवभन्दा सुन्दर थिई, गुलाबको फूलको पत्र जत्तिकै सुन्दर!
गर्मीयामभरि सानी एक्लै जङ्गलमा बसी। सानीले घाँसले बुनेर सुत्ने ओछ्यान र बस्ने ठाउँ बनाई। आफूलाई पानीबाट जोगाउन त्यसलाई ठूलो पातको मुन्तिर झुन्ड्याई। भोक मेट्न ऊ फूलको रस चुस्थी। प्यास मेट्न हरेक बिहान पातमा झरेका शीतका थोपा पिउँथी।
यसैगरी वर्षा बित्यो। शरद बित्यो। हिउँद आयो- लामो र चिसो हिउँद। उसका लागि मीठो गीत गाउने चराहरू अन्तै गए। रूखका पात र फूलहरू झरे। सानीलाई आश्रय दिने ठूलो पात पनि खुम्चियो। बेरिन थाल्यो। पहेँलिँदै गयो र मुर्झायो। जाडो बढ्यो। लुगाहरू फाटे। सानीको नाजुक र कलिलो शरीर यति कमजोर बन्दै गयो कि कठ्याङ्ग्रिएर झन्डैझन्डै प्राण गएको थियो। हिउँ पनि पर्न थाल्यो। उसको जिउमा खस्ने हिउँको टुक्रा हामी जस्ता ठूला मान्छेको जिउमा एउटा साबेलभरि खसे जस्तो हुन्थ्यो, किनभने ऊ एक इन्च अग्ली थिई।
चिसोबाट जोगिन उसले आफूलाई सुकेको पातले बेर्न खोजी। तर, त्यो बीचैमा चर्कियो। त्यसले न्यानो पार्न सकेन। ऊ चिसोले काँप्न थाली।
छुचुन्द्रो धनी र विद्वान् थियो भन्ने कुरामा कुनै शङ्का थिएन, तर ऊ घाम र फूलका बारेमा चाहिँ सधैं नराम्रा कुरा मात्रै गर्थ्यो। उसले ती कुरा देखेकै थिएन। सानी त्यसलाई गीत सुनाउन बाध्य भई।
ऊ बसेको रूख नजिकै मकैबारी थियो। तर, मकै धेरै पहिल्यै भाँचिसकिएकाले त्यहाँ चिसो जमीनमा ठडिएका सुक्खा ढोड मात्रै बाँकी थिए। ढोडहरू सानीका लागि घना जङ्गलका विशाल रूख जस्तै थिए। सानी जाडोले साह्रै काँपिरहेकी थिई। न्यानो खोज्दै ऊ मकैको ढोडमुनि मुसाको दुलोनेर पुगी। दुलोमा एउटी बूढी मुसी आरामले बसिरहेकी थिई। उसको दुलोभरि टन्न मकै थियो। अन्न राख्ने, बस्ने र खाने कोठाहरू छुट्टाछुट्टै थिए। सानी दुलो बाहिर भिखारी जस्तै उभिइरही। खानेकुराको भीख मागी। उसले दुई दिनदेखि एक गाँस पनि खान पाएकी थिइन।
“बिचरी !” बूढी मुसीले भनी, “आऊ मेरो न्यानो कोठामा। हामी सँगै खाना खाऔं।” त्यो बूढी मुसी निकै असल लागी। सानीलाई पाएर निकै खुशी थिई, “तिमीलाई ठीक लाग्छ भने हिउँदभरि मसँगै बस, स्वागत छ। तर, तिमीले मेरो घर सफा गर्नुपर्छ। मलाई कथाहरू सुनाउनुपर्छ। मलाई कथा सुन्न खुब मनपर्छ।” सानीले बूढी मुसीका सबै कुरा मानी र त्यहाँ आरामसँग बस्न थाली।
“आज एक जना पाहुना आउँदै छ,” एक दिन बूढी मुसीले भनी, “मेरो छिमेकी हप्तामा एकपटक मकहाँ आउने गर्छ। ऊ मभन्दा सम्पन्न छ। उसको घर ठूलो छ। त्यसमा ठूलाठूला कोठा छन्। ऊ कालो मखमलको कोट लगाउँछ। तिमीले ऊसँग बिहे गर्यौ भने उसले सबैथोक दिनेछ। तर, ऊ आँखा देख्दैन। उसलाई तिमीले जानेकामध्ये सबैभन्दा राम्रा कथा सुनाउनुपर्नेछ।”
सानीलाई बूढी मुसीको छिमेकीप्रति कुनै रुचि भएन, किनकि त्यो एउटा छुचुन्द्रो थियो। त्यो आयो। त्यसले कालो मखमलको कोट लगाएको थियो।
“ऊ धेरै धनी र विद्वान् छ। उसको घर मेरोभन्दा बीस गुणा ठूलो छ,” मुसीले भनी।
छुचुन्द्रो धनी र विद्वान् थियो भन्ने कुरामा कुनै शङ्का थिएन, तर ऊ घाम र फूलका बारेमा चाहिँ सधैं नराम्रा कुरा मात्रै गर्थ्यो। उसले ती कुरा देखेकै थिएन। सानी त्यसलाई गीत सुनाउन बाध्य भई, ‘ए चरी घर छोडी उडी जाऊ टाढा टाढा ...’ र अरू थुप्रै मधुर गीतहरू।
छुचुन्द्रो सानीको प्रेममा पर्दै गयो, सानीको मधुर आवाजको कारण। तर, उसले केही भनेको थिएन। यस मामिलामा ऊ अलि सजग थियो।
हालै मात्र छुचुन्द्रोले आफ्नो घरदेखि जमीनमुनिबाटै मुसीको घरसम्म पुग्ने लामो सुरुङ खनेको थियो। मुसी र सानीलाई पनि उसले त्यो बाटो हिँड्न अनुमति दियो। तर, बाटोमा भेटिने एउटा मरेको चरोको नजिकबाट नहिँड्न चेतावनी दियो। त्यो चरो सग्लै थियो, त्यसका चुच्चो र प्वाँखहरू थिए। त्यो भर्खरै मरेको जस्तो थियो र छुचुन्द्रोले बनाएको बाटोमा लम्पसार परेको थियो।
छुचुन्द्रोले मुखमा चम्किलो दाउरा च्याप्यो। अँध्यारोमा त्यो आगो जस्तै टल्कियो। छुचुन्द्रो त्यसलाई बोकेर अँध्यारो सुरुङमा अघि लाग्यो। मरेको चरा भएको ठाउँमा पुगेपछि छुचुन्द्रोले थुतुनो मास्तिर उठायो। त्यहाँको माटो खसेर ठूलो दुलो भयो। दुलोबाट सुरुङभित्र घामको उज्यालो छिर्यो। मरेको चरो भुइँको बीचतिर थियो। त्यसका सुन्दर पखेटा कक्रक्क परेका थिए। खुट्टा र टाउको पखेटाभित्र लुकेका थिए। सायद त्यो जाडोले मरेको थियो।
त्यो दृश्यले सानीलाई दुःखी बनायो। ऊ ससाना चरा औधी मनपराउँथी। गर्मीयामभरि तिनीहरूले सानीका लागि कति मजासँग गाएका र चिरबिर...चिरबिर... गरेका थिए। तर, छुचुन्द्रोले त्यो चरोलाई आफ्ना बाउँडिएका खुट्टाले छेउतिर घचेट्यो र भन्यो, “अब यसले गीत गाउन सक्दैन। सानो चरा भएर जन्मिनु कति दुःख छ! धन्न मेरा कुनै पनि बच्चाले चराको जुनी लिएर जन्मिनु परेन। यिनीहरू खालि चिरबिर...चिरबिर...मात्रै गर्छन् र हिउँदमा भोकभोकै मर्छन्।”
“हो, तिमीले ठीकै कुरा गर्यौ, चलाख मान्छेले जस्तै,” बूढी मुसीले भनी, “हिउँदमा कि भोकले कि त जाडोले मर्नुपर्छ भने चिरबिर गीतको के काम! तैपनि चराहरू निकै शिष्ट हुन्छन्!”
छुचुन्द्रो घाम छिर्ने दुलोमा पुगेर उभियो र सानीलाई घरभित्र लिएर गयो। तर, सानी रातभर निदाउन सकिन। ऊ ओछ्यानबाट उठी। परालको ठूलो र राम्रो गुन्द्री बुनी। गुन्द्री बोकेर चरोनेर गई र त्यसले चरोलाई छोपछाप पारी।
सानी बोलिन। छुचुन्द्रो र बूढी मुुसीले अर्कोतिर फर्किएका वेला सानी चरानेर पुगेर निहुरिई, टाउकोलाई छोपेका उसका प्वाँख सुमसुम्याई र बन्द आँखामा चुमी।
“अस्ति वर्षाभरि मलाई मीठा–मीठा गीत सुनाउने चराहरूमध्ये यो पनि एउटा थियो कि?” सानीले मनमनै भनी, “त्यसले मलाई कस्तो आनन्द दिएको थियो। प्यारो सुन्दर चरो!”
छुचुन्द्रो घाम छिर्ने दुलोमा पुगेर उभियो र सानीलाई घरभित्र लिएर गयो। तर, सानी रातभर निदाउन सकिन। ऊ ओछ्यानबाट उठी। परालको ठूलो र राम्रो गुन्द्री बुनी। गुन्द्री बोकेर चरोनेर गई र त्यसले चरोलाई छोपछाप पारी। सँगसँगै चिसो भुइँमा उसलाई न्यानो होस् भनेर बूढी मुसीको दुलोमा झरेका भुवा जस्तै नरम फूलका पत्ता चराको दायाँ–बायाँ फिँजाएर राखिदिई।
“बिदा सुन्दर चरो,” सानीले भनी, “गर्मीयामको तिम्रो गीतका लागि धन्यवाद! त्यतिखेर रूखहरू कति हरिया थिए, हामीमाथि कस्तो न्यानो घाम चम्किएको थियो।”
त्यसपछि सानीले चरोको छातीमा आफ्नो टाउको राखी। ऊ झस्किई। भित्र कतै ढुकढुक गरे जस्तो लाग्यो। चरोको मुटु!
त्यो साँच्चै मरेको रहेनछ। जाडोले बेहोश मात्रै भएको रहेछ। न्यानोले ऊ बौरिन थाल्यो। शरद लागेपछि सबै गौंथली न्यानो मुलुकतिर गएका थिए, तर ऊ अलमलिएको थियो। उड्दाउड्दै जहाँ खस्यो, त्यहीँ रह्यो। उसलाई चिसो हिउँले ढाक्यो। अनि कठ्याङ्ग्रिएर मरे जस्तै भयो।
सानी डरले काँप्न थाली। चरो ऊभन्दा ठूलो थियो। उसले त्यसलाई न्यानो भुवाहरूले अझै राम्ररी ढाकिदिई। आफूले ओढ्ने गरेको न्यानो पात खापिदिई।
भोलि बिहान चरोलाई हेर्न सुटुक्क आई। त्यो जीवितै थियो, तर धेरै कमजोर। उसले उज्यालोका लागि चम्किलो दाउराको चोइटा बोकेर उभिएकी सानीलाई हेर्न एकैछिन आँखा उघार्न मात्रै सक्यो।
“धन्यवाद सानी केटी!” बिरामी चरोले भन्यो, “मलाई न्यानो भयो। म अब चाँडै तङ्ग्रिनेछु र फेरि घामको न्यानोमा उड्न सक्नेछु।”
“ओहो!” सानीले भनी, “ढोकाबाहिर अहिले चिसो छ। हिउँ पर्छ। न्यानो ओछ्यानमै बस। म तिम्रो हेरचाह गर्छु।”
सानीले फूलको पत्ताबाट पानी ल्याएर चरोलाई दिई। उसले पियो।
“काँडामा परेर मेरो एउटा पखेटामा चोट लागेको छ। त्यसैले म अरूजत्ति छिटो उड्न सक्दिनँ। हामी धेरै टाढाको न्यानो देशतिर गइरहेका थियौं। अचानक भुइँमा खसेँ। त्यसपछि के भयो, कहाँ छु र कसरी तिमीले भेट्यौ, केही थाहा भएन,” चरोले भन्यो।
चराले सानीलाई सोध्यो, “मसँगै जाने कि ? म तिमीलाई आफ्नो ढाडमा राखेर उडाउन सक्छु। हामी टाढाटाढा सुन्दर हरियाली भएतिर उड्नेछौं।” सानीले त्यसरी आफूले छोड्दा बूढी मुसी दुःखी हुने हो कि भन्ने सोची र भनी, “अहँ! नजाने।” चरोले “त्यसो भए बाई बाई सानी केटी” भन्यो र घाम चम्किएतिर उड्यो। सानीले उड्दै गरेको चरालाई हेरी। उसका आँखामा आँसुका थोपा टिलपिलाए। उसलाई त्यो चरो निकै मन परेको थियो।
सिङ्गो हिउँद चरोले जमीनमुनि बितायो। सानीले नै उसको स्याहारसुसार गरी। बूढी मुसी र छुचुन्द्रोले थाहै पाएनन्, उनीहरूलाई त्यसको वास्ता पनि थिएन। वसन्त आयो। जमीन न्यानो हुन थाल्यो।
चराले सानीलाई अब आफू जाने बतायो। सानीले छुचुन्द्रोले बनाएर टालेको दुलो खोली। दुलोबाट चम्किलो घाम देखियो।
चराले सानीलाई सोध्यो, “मसँगै जाने कि ? म तिमीलाई आफ्नो ढाडमा राखेर उडाउन सक्छु। हामी टाढाटाढा सुन्दर हरियाली भएतिर उड्नेछौं।”
सानीले त्यसरी आफूले छोड्दा बूढी मुसी दुःखी हुने हो कि भन्ने सोची र भनी, “अहँ! नजाने।”
“त्यसो भए बाई बाई सानी केटी!” चरोले भन्यो र घाम चम्किएतिर उड्यो।
सानीले उड्दै गरेको चरालाई हेरी। उसका आँखामा आँसुका थोपा टिलपिलाए। उसलाई त्यो चरो निकै मन परेको थियो।
‘चिरबिर...चिरबिर...’ गीत गाउँदै चरो हरिया रूखहरूतिर हरायो। सानीलाई साह्रै दुःख लाग्यो। उसलाई घामको उज्यालोतिर जाने अनुमति थिएन। बूढी मुसीको दुलोमाथि जमीनमा छरिएको मकै उम्रेर अग्ला–अग्ला, सानीका लागि घना जङ्गल जस्ता भइसकेका थिए।
“अब चाँडै तिम्रो बिहे हुनेछ,” बूढी मुसीले भनी, “मेरो छिमेकीले तिमीलाई मसँग मागेको छ। तिमी जस्ती असहाय बच्चीका लागि ठूलो भाग्य हो यो। अब हामीले तिमीले बिहेमा लगाउने लुगाहरू बुन्नुपर्छ। ती लुगा ऊन र नाइलनको हुनुपर्छ। छुचुन्द्रोकी पत्नी भएपछि तिमीलाई कुनै चिजको खाँचो हुनेछैन।”
सानीले लुगा बुन्ने तानका किलाहरू मिलाउनुपर्ने भयो। बूढी मुसीले चारवटा माकुरा बोलाई। तिनीहरूले दिनरात लुगा बुने। छुचुन्द्रो हरेक साँझ सानीलाई भेट्न आउँथ्यो र गर्मी कहिले जाला भन्दै सानी र उसको बिहेको दिन गनिरहन्थ्यो। त्यस बखत खडेरी परेको थियो। घामको रापले माटो सुकेर ढुङ्गा जस्तो साह्रो भएको थियो।
गर्मी सकिनासाथ सानी र छुचुन्द्रोको बिहे हुनेवाला थियो। तर, सानी त्यसमा खुशी थिइन। उसलाई त्यो नीरस छुचुन्द्रो पटक्कै मन परेको थिएन। हरेक बिहान घाम झुल्किँदा र हरेक बेलुका घाम अस्ताउँदा ऊ ढोकाबाट बाहिर चियाउँथी। हावाले पातहरू पन्छाएको बेला नीलो आकाश देख्थी। ऊ खुला, नीलो र चम्किलो आकाशको कल्पना गर्थी र उसको प्रिय गौंथली चरो फर्केर आओस् भन्ने कामना गर्थी। तर, ऊ कहिल्यै फर्केन। त्यस वेलासम्म ऊ धेरै टाढाको हरियो सुन्दर जङ्गलमा पुगिसकेको थियो।
शरद आयो। सानीका लुगा तयार भए। बूढी मुसीले भनी, “अब चार हप्ताभित्र बिहे भइसक्नुपर्छ।”
सानी रोई। त्यस्तो कुरूप र एकलकाँटे छुचुन्द्रोसँग बिहे नगर्ने बताई।
“वाहियात कुरा!” बूढी मुसीले भनी, “अब तँ धेरै जिद्दी नगर्! नत्र म मेरा सेता दाँतले तँलाई टोकिदिन्छु। ऊ अति सुन्दर छुचुन्द्रो हो। उसले लगाएको जस्तो मखमल र भुवाको लुगा रानीले पनि लगाउन पाउँदैनन्। उसको भान्सा र भण्डार भरिभराउ छ। त्यस्तो लोग्ने पाउने भाग्यमानी भएकीमा तैँले आफूलाई धन्य ठान्नुपर्छ।”
बिहेको तिथिमितिको टुङ्गो लाग्यो। छुचुन्द्रोले सानीलाई बेहुली बनाएर घामको प्रकाश र न्यानो कहिल्यै नपुग्ने सुरुङभित्र भित्र्याउने दिन आयो।
बिहेको तिथिमितिको टुङ्गो लाग्यो। छुचुन्द्रोले सानीलाई बेहुली बनाएर घामको प्रकाश र न्यानो कहिल्यै नपुग्ने सुरुङभित्र भित्र्याउने दिन आयो। बिचरी सानी! बूढी मुसीको अनुमति लिएर मात्रै भए पनि ढोकामा उभिएर देख्ने गरेको सुनौलो चम्किलो सुन्दर घामलाई सधैंको लागि बिदा गर्नुपर्ने क्षण सम्झेर साह्रै दुःखी भई।
बिचरी सानी! बूढी मुसीको अनुमति लिएर मात्रै भए पनि ढोकामा उभिएर देख्ने गरेको सुनौलो चम्किलो सुन्दर घामलाई सधैंको लागि बिदा गर्नुपर्ने क्षण सम्झेर साह्रै दुःखी भई। ऊ फेरि एक पटक घाम हेर्न गई।
“बाई बाई चम्किलो घाम !” दुवै हात फैलाएर घामतिर हेर्दै सानी चिच्याई। अनि दुलोबाट निस्केर अलि परसम्म पुगी। बारीमा मकै भाँचिसकिएकाले सुक्खा ढोडहरू मात्र बाँकी थिए। “बाई बाई,” फेरि दोहोर्याई। अनि आफू उभिएनिर फुलेको सानो रातो फूललाई अँगालो हाली, “तिमीले गौंथलीलाई देख्यौ भने मेरो तर्फबाट स्वागत गरिदिनू है।”
“चिरबिर...चिरबिर... !”
सानीको टाउकोमाथिबाट अचानक आवाज आयो। सानीले मास्तिर हेरी। नजिकै गौंथली उडिरहेको थियो। सानीलाई देख्नासाथ ऊ खुशी भयो। सानीले आफूलाई कुरूप छुचुन्द्रोसँग बिहे गरेर कहिल्यै घाम देख्न नपाइने दुलोभित्र सधैंका लागि कैद भएर बस्नुपर्ने कुरा कत्ति पनि मन नपरेको गौंथलीलाई बताई। उसले चरालाई यी कुरा रुँदै सुनाएकी थिई।
“जाडो आउँदै छ,” गौंथलीले भन्यो, “म न्यानो हुने टाढाका देशतिर जाँदै छु। तिमी पनि मसँगै जाने हो? जाने भए तिमी मेरो ढाडमा बस। आफूलाई पटुकीले बाँध। अनि हामी उडेर कुरूप छुचुन्द्रो र त्यसको अँध्यारो कोठादेखि धेरै टाढा जानसक्छौं, धेरै टाढा। हिमालहरूभन्दा पारि। न्यानो ठाउँमा। जहाँ घाम यहाँभन्दा चम्किलो हुन्छ, सधैं न्यानो हुन्छ र असाध्यै सुन्दर फूलहरू फुल्छन्। मसँग उड, प्यारी सानी! म कठ्याङ्ग्रिएर त्यो सुरुङमा फसेको वेला तिमीले मेरो जीवन बचाएकी थियौ।”
“ठीक छ। म तिमीसँगै जान्छु,” सानीले भनी र गौंथलीको पिठ्युँमा चढी। सानी दुईपट्टि खुट्टा फारेर पखेटानेर बसी। सबैभन्दा बलियो प्वाँखमा पटुकीले बाँधेर अडिई।
त्यसपछि गौँथली हावामा उचालिँदै उड्न थाल्यो। जङ्गलभन्दा माथि, समुद्रभन्दा माथि र हिउँले सदाबहार हिमालहरूभन्दा पनि माथि। धेरै माथि–माथि उड्दै गौँथली दक्षिणतिर लाग्यो।
सानी चिसोले कक्रिन थाली, तर गौंथलीका प्वाँखहरूभित्र लुकेर आफूलाई न्यानो पारी। सानी प्वाँखभित्रबाट टाउको मात्रै बाहिर निकालेर मुन्तिर एकपछि अर्को गरी कट्दै गरेका सुन्दर दृश्यहरूमा रमाउँदै गई।
लामो उडानपछि उनीहरू न्यानो देशमा पुगे। जहाँ घाम चम्किएको र टल्किएको थियो। आकाश भुइँभन्दा धेरै माथि देखिन्थ्यो। बाटो छेउका झाडीमा प्याजी, हरिया र सेता अंगुरहरू फुलेका थिए। कागती र सुन्तलाका दानाहरू रूखैभरि झुन्डिएका थिए। मेहन्दी र सुन्तलाका फूलको मगमग बास्नाले हावामा सुवास भरिएको थियो। बाटोमा सुन्दर केटाकेटीहरू ठूल्ठूला पुतलीसँग खेल्दै दौडिरहेका थिए। गौँथली जति–जति टाढा उड्दै थियो, त्यति–त्यति सबै ठाउँ झन्झन् सुन्दर देखिँदै थिए।
फूलहरूभन्दा माथि आफ्नो गुँडमा बसिरहेको सानीलाई बोकेर ल्याउने गौंथलीलाई विवाहका लागि मीठा–मीठा गीत गाउन अनुरोध गरियो। उसले सकेसम्म राम्रा गीत गायो। तर, भित्रभित्रै उसलाई नरमाइलो लागिरहेको थियो। किनभने, सानी उसलाई मन परेकी थिई।
उनीहरू एउटा नीलो तलाउ नजिक पुगे। किनारामा गाढा हरिया रूखहरूको छायाँ परेको सेतो चम्किलो सिङ्गमर्मरको निकै पुरानो दरबार थियो। त्यसका भव्य थामलाई अंगुरका लहराले बेरेका थिए। सबैभन्दा माथि गौंथलीका गुँडहरू थिए। त्यसमध्ये एउटा सानीलाई बोक्ने गौंथलीको थियो।
“यो मेरो घर हो,” गौंथलीले भन्यो, “तर तिम्रो लागि उपयुक्त छैन। तिमीलाई यहाँ बस्न कठिन होला। तिमीले आफूलाई मन पर्ने कुनै एउटा फूल रोज। म त्यसमाथि तिमीलाई बसाउनेछु। त्यसपछि तिमी आफूलाई खुशी राख्न जे मन लाग्छ, त्यही गर्न सक्छ्यौ।”
“आहा, कस्तो रमाइलो होला!,” सानीले आनन्दित हुँदै आफ्ना मसिना हातहरूले ताली बजाई।
भुइँमा ठूलो सिङ्गमर्मरको ढलेको खाँबो थियो। त्यो ढल्दा तीन ठाउँमा भाँच्चिएको थियो। ती टुक्राका बीच–बीचमा ठूला–ठूला सेता फूलहरू फुलेका थिए। गौंथलीले सानीलाई त्यसमा बसाएर फूलको एउटा फराकिलो पत्रमा राख्यो।
फूलको बीचमा सानो मान्छे जस्तो एउटा जीव देखेर सानी छक्क परी। त्यो काँचले बनेको जस्तो सेतो चम्किलो थियो। उसको शिरमा श्रीपेच थियो। दुवै कुममा एक जोडी नरम पखेटा थिए। त्यो मान्छे सानीभन्दा खासै धेरै ठूलो थिएन। साना–साना पुरुष, महिला र केटाकेटीहरू हरेक फूलमा घुमिरहेका थिए। र, ऊ तिनीहरू सबैको फूलको राजा थियो।
“आहा कति सुन्दर मान्छे!” सानीले गौंथलीलाई कानमा बिस्तारै भनी।
सानो राजकुमार शुरूमा गौंथलीदेखि डराएको थियो। गाैंथली ऊभन्दा धेरै ठूलो अजङ्गको थियो। तर, सानीलाई देखेपछि ऊ खुशी भयो। सानी जति सुन्दर केटी यसअघि उसले कहिल्यै देखेको रहेनछ। उसले आफ्नो टाउकोबाट सुनको श्रीपेच खोल्यो र सानीको टाउकोमा लगाइदियो। उसले सानीको नाम सोध्यो र ऊसँग बिहे गरेर सधैंका लागि फूलकी रानी बनेर बस्न प्रस्ताव गर्यो।
लोग्नेका रूपमा बूढी भ्यागुतीको छोरो, गोब्रेकीरो र छुचुन्द्रोभन्दा यो सानो मान्छे सानीलाई कता हो कता उम्दा, सुन्दर र असल लाग्यो। त्यसैले उसले सुन्दर राजकुमारलाई ‘हुन्छ’ भनिदिई। त्यसपछि सबै फूल फक्रिए। हरेक फूलबाट एक–एक जना साना स्वास्नीमान्छे र लोग्नेमान्छे निस्किए। ती सबै यति राम्रा थिए, सानी हेरेको हेर्यै भई।
उनीहरू सबै सानी र राजकुमारको नजिक आए। सबैले सानीलाई उपहार दिए। सबैभन्दा राम्रो उपहार चाहिँ एकजोडी पखेटा थिए। ती पखेटा एकखाले ठूलो सेतो झिङ्गाका थिए। त्यसलाई उनीहरूले सानीको कुममा टाँसिदिए। अब सानी एकपछि अर्को फूलमा उडेर जानसक्ने भई। त्यसपछि त्यहाँ पूरा उल्लास छायो।
फूलहरूभन्दा माथि आफ्नो गुँडमा बसिरहेको सानीलाई बोकेर ल्याउने गौंथलीलाई विवाहका लागि मीठा–मीठा गीत गाउन अनुरोध गरियो। उसले सकेसम्म राम्रा गीत गायो। तर, भित्रभित्रै उसलाई नरमाइलो लागिरहेको थियो। किनभने, सानी उसलाई मन परेकी थिई। सानीसँग सधैंका लागि छुट्टिनुपर्ला भन्ने उसले कहिल्यै सोचेको थिएन।
“अब तिमी सानी हैन,” फूलहरूले भने, “यो नाम नराम्रो छ। तिमी अति सुन्दरी छ्यौ। अब हामी तिमीलाई मैयाँ भन्छौं।”
“बाई बाई!” गौंथलीले भन्यो र गह्रुँगो छाती बनाउँदै न्यानो देश छोडेर उत्तरतिरको चिसो देश डेनमार्क फर्कियो। त्यहाँका एक लोककथाकार बस्ने घरको झ्यालमा उसको गुँड थियो। अनि गौंथली गीत गाउन थाल्यो, “चिर्–बिर्...चिर्–बिर्... !”
त्यसै गीतबाट यो सम्पूर्ण कथा उब्जियो।