त्रिदेशीय शृंखला : बन्द प्रशिक्षण लागि २० खेलाडी छनोट
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिदेशीय शृंखलाको तयारी गर्न बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ।
आईसीसी सीडब्लूसी लिग-२ अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय शृंखला खेल्दै छ। स्पेनमा हुने यस प्रतियोगिताको तयारी गर्न बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुर्यालले बताए।
यसअघि टिममा नरहेका पारस खड्कालाई पनि बन्द प्रशिक्षणका लागि बोलाइएको छ। बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, सन्दीप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरी रहेका छन्।
त्यस्तै, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा पनि बन्द प्रशिक्षणका लागि छनाेट भएका छन्।