४१ दललाई जनही ५० हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय
निर्वाचन आयोगले ४१ वटा पार्टीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने भएको छ।
आयोगको निर्धारण गरेको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश नगरेका दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ अनुसार जरिवाना गर्न लागिएको हो।
नेपाल नागरिक पार्टी, हाम्रो पार्टी, संघीय लिम्बुवान नेपाल, राष्ट्रिय जनता दल, जनता पार्टी, अखण्ड नेपाल, नेपाः राष्ट्रिय पार्टी लगायतलाई जरिवाना गर्ने निर्णय गरेको हो। उनीहरूलाई ३० दिनभित्र जरिवाना बुझाउन भनिएको छ।
जरिवाना तोकिएका दलहरूः