भारतीय सैनिक महिला प्रहरीमा नेपाली पनि भर्ना हुन पाउने
भारतीय सैनिक महिला प्रहरीमा नेपाली महिलाले पनि भर्नाका लागि आवेदन दिन पाउने भएका छन्।
सेनाको महिला सैनिक प्रहरी (सामान्य ड्युटी) का लागि भारतीय सेनाले एक सय जनाका लागि भर्ना आह्वान गरेको छ। जसमा १७ वर्ष ६ महीनादेखि २१ वर्ष उमेर भएका र कक्षा १० उत्तीर्ण महिलाले आवेदन दिन सक्नेछन्। वीर नारीका लागि भने उमेर हद ३० वर्ष तोकिएको छ।
इच्छुक उम्मेदवारले २० जुलाईसम्म अनलाइन मार्फत आवेदन दिन सकिने भारतीय सेनाद्वारा जारी सूचनामा उल्लेख छ। भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र शिलांगमा भर्ती खुलेको हो।
भूतपूर्व सैनिक, वीर नारी र विधवा सैनिकका लागि तौल, उचाइ, लिखित परीक्षा आदिमा छूट दिइएको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने नेपाली महिलालाई भारतीय सैनिक प्रहरीमा भर्ना लिन लागेकोबारे मन्त्रालयलाई जानकारी नभएको बताए।