५२.३९ अंकले घट्यो नेप्से, परिसूचक २९६९.७२ बिन्दुमा
नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीले चलखेल गरेको हुनसक्ने भन्दै सूची सार्वजनिक गरेको भोलिपल्ट (आज) शेयर बजार भारी अंकले घटेको छ।
बुधबार शेयर बजार परिसूचक, नेप्से ५२.३९ अंकले घट्यो। आज परिसूचक २९६९.७२ बिन्दुमा पुगेको छ।
२१९ कम्पनीको २ करोड ८२ लाख कित्ता शेयर खरीदबिक्री हुँदा १५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज लघुवित्त बाहेक सबै समूहको सूचक घटेको छ। लघुवित्तको सूचक २.६२ प्रतिशतले उकालो लागेको छ।
बुधबार सीईडीबी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको शेयर मूल्य ९.९० प्रतिशतले बढेको छ।
त्यसैगरी आज फर्स्ट माइक्रोफाइनान्स, यूनियन हाइड्रोपावर, आरएसडीसी लघुवित्त, सामुदायिक लघुवित्त लगायत शेयर मूल्य धेरै बढ्ने कम्पनी हुन्।
जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, बेस्ट फाइनान्स कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।