गण्डकीमा कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार
गण्डकी प्रदेश सरकारले कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार दिने भएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक सुरक्षा बापत राहत उपलब्ध गराउने घोषणा गरेका हुन्।
त्यसैगरी, प्रदेश सरकारले कोरोनाका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार आर्थिक सहायता दिनेछ।
कोरोना रोगको नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई दिइँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ।
मुख्यमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरीदका लागि पनि बजेट व्यवस्था गरेको जानकारी दिए।