गण्डकीमा ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य’ कार्यक्रम
गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य’ कार्यक्रम ल्याएको छ।
मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशमा घुम्ने पर्यटकका लागि विशेष प्याकेजको व्यवस्था गरिएको जानकारी गराए।
प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासका लागि पदमार्ग, साइकलमार्ग, होमस्टे लगायतको प्रवर्द्धनमा पनि बजेट विनियोजन गरेको छ।
सरकारले पर्यटन व्यवसायीलाई राहत प्याकेज पनि ल्याएको छ। अप्ठ्यारोमा परेका पर्यटकको उद्धार र पर्यटक सूचना केन्द्रको विकासका लागि पनि बजेट छुट्याएको छ। सरकारी कर्मचारीका लागि पर्यटन बिदाको व्यवस्था पनि गरिएको छ।