नेप्सेमा तीन जलविद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
मंगलबार नेप्सेमा सूचीकृतमध्ये तीन वटा जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।
आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेड बढी कमाउने कम्पनीको शीर्ष तीनमा रहे।
सीईडीबीको शेयर मूल्य ९.८८, खानीखोलाको ९.८२ र यूनियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ।
त्यसैगरी छ्याङ्दी हाइड्रोपावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र वरुण हाइड्रोपावर लिमिटेडका लगानीकर्ता बढी गुमाउनेमा परेका छन्। आज छ्याङ्दीको शेयर मूल्य ७.६६, लिबर्टीको ७.०२ र वरुणको शेयर मूल्य ६.९८ प्रतिशतले घटेको छ।
मंगलबार नेप्से परिसूचक चाहिँ ३.७२ प्रतिशतले ओरालो लाग्यो। ३०६१ बिन्दुबाट शुरू भएको बजार उतारचढाव हुँदै ३०२२ मा पुगेर रोकिएको हो।
आज २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार होटल तथा पर्यटन, लगानी, उत्पादन, म्युचुअल फन्ड र अन्य समूहको सूचक मात्रै उकालो लागेको छ।