मनसुनमा सुनसान नगरकोट (तस्वीरहरू)
मनसुनको आगमनसँगै नगरकोट चिटिक्क र मनमोहक बनेको छ। प्राकृतिक सुन्दरता झन् निखारिएको छ। तर, आन्तरिक तथा बाह्य पर्यटकको अभावमा सुनसान बनेको छ।
विगतका वर्षहरूमा यतिबेला भक्तपुरको नगरकोट भरिभराउ हुन्थ्यो। यस वर्ष भने कोभिड-१९ लक्षित निषेधाज्ञाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनसकेको छैन। यहाँका होटल तथा रिसोर्ट बन्द छन्। स-साना व्यापार तथा व्यवसाय पनि ठप्प छन्।
निषेधाज्ञाले गर्दा स्थानीय बासिन्दाको दैनिकी पनि फेरिएको छ। कोभिड-१९ बाट जोगिन घरमै सीमित छन्। कोही रोपाइँमा व्यस्त छन् भने कोही गोठालो बनेर समय कटाइरहेका छन्।