४२.७२ अंकले बढ्दै ३०२५ बिन्दुमा पुग्यो नेप्से
सोमबार शेयर बजार परिसूचक, नेप्से ४२.७२ अंकले बढेको छ।
३००९ बिन्दुबाट शुरू भएको बजार ४५ मिनेटमा ३०५१ बिन्दुमा पुग्दै रेकर्ड बनाएको थियो। त्यसपछि सामान्य उतारचढाव हुँदै ३०२५.८३ बिन्दुमा पुगेर रोकिएको हो।
आज २२१ कम्पनीको ३ करोड ५० लाख कित्ता शेयर खरीदबिक्री हुँदा १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
आज ब्यांकिङ, फाइनान्स, होटल तथा पर्यटन, लगानी, बीमा र उत्पादन समूहको सूचक बढेको छ।