नेप्सेमा रेकर्ड, परिसूचक ३०५१ बिन्दुमा
सोमबार शेयर बजार परिसूचक, नेप्सेमा रेकर्ड कायम भएको छ।
बजार खुलेको ४५ मिनेटमा परिसूचक ३०५१.०२ बिन्दुमा पुगेको हो। यो हालसम्मकै उच्च बिन्दु हो।
आइतबार परिसूचक २९८३ बिन्दुमा पुगेर रोकिएको थियो। आइतबार १९ अर्ब ५५ करोडको कारोबार भएको थियो। यो पनि आइतबारसम्म सबैभन्दा उच्च रकमको कारोबार हो।
आज खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोमा सकारात्मक सर्किट लागेको छ।