काठमाडौंमा अझै एक साता निषेधाज्ञा खुकुलो नहुने, निर्णय गर्न प्रजिअकाे बैठक बस्दै
कोरोनाभाइरसको नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै एक साता बढाउने तयारी गरिएको छ।
कोभिड–१९ संक्रमितको संख्यामा कमी आए पनि असार पहिलो सातासम्म अहिलेकै निषेधाज्ञालाई निरन्तरता दिन लागिएको हाे। यो विषयमा निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठक बस्दै छ।
आज अपराह्न ३ बजे बैठक बसेर निषेधाज्ञाबारे निर्णय गरिने भक्तपुरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनले हिमालखबरसँग भने, “अनौपचारिक छलफल गरिरहेका छौं, आज बैठक बसेर निर्णय गर्छौं।”
काठमाडौंमा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएकाे हाे। पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा ३१ जेठमा सकिँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा नाै हजार २२९, भक्तपुरमा दुई हजार ७१० र ललितपुरमा तीन हजार ७४४ सक्रिय संक्रमित छन्।