यस्तो छ अष्ट्रेलियाविरुद्ध नेपालको ‘प्लेइङ इलेभेन’
नेपालले केही बेरमा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेल अष्ट्रेलियासँग खेल्दै छ।
टीम नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ९ः४५ बजे शुरु हुने खेलका लागि किरण चेम्जोङको कप्तानीमा ‘प्लेइङ इलेभेन’ घोषणा गरेका छन्। बलियो टीमसँग पनि आक्रमक रणनीतिमा खेलाएका अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नवयुग श्रेष्ठलाई अग्रपंक्तिमा ल्याएका छन्।
यसअघि चाइनीज ताइपेईविरुद्ध मध्यान्तरपछि मैदान प्रवेश गरेका श्रेष्ठले ८० औं मिनेटमा गोल गरेका थिए। चाइनीज ताइपेईविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका अञ्जन विष्ट भने आज प्रशिक्षकको पहिलो रोजाईमा परेका छैनन्।
६ अंक सहित समूह बीको चौथो स्थानमा रहेको नेपाल विश्वकप २०२२ बाट बाहिरिए सकेको छ। एसिया कपमा पुग्न पनि प्लेफ खेल्नु पर्ने निश्चित प्रायः छ।
अष्ट्रेलियाविरुद्ध ‘प्लेइङ इलेभेन’
१) नवयुग श्रेष्ठ
२) सुमन लामा
३) सुनील बल
४) एरिक विष्ट
५) विशाल राई
६) पुजन उपरकोटी
७) सुमन अर्याल
८) रोहित चन्द
९) अनन्त तामाङ
१०) गौतम श्रेष्ठ
११) किरण चेम्जोङ