भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ को उपचार तथा रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
शुक्रबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
भारतीय सेनाले एम्बुलेन्स, भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ।