बालुवाटार अगाडि प्रदर्शन, नागरिक अगुवा पक्राउ (तस्वीरहरू)
सरकारले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ।
सरकारले दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ। यसको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटार अगाडि प्रदर्शन गरेको हो।
उनीहरूले मापदण्ड विपरीक्ष सम्बन्धन नदिन माग गरेका छन्। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।