मन्त्रिपरिषद् फेरि विस्तार, आठ मन्त्री थपिए
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार सात मन्त्री र एक राज्यमन्त्री थपेका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन्।
गृहमन्त्रीमा खगराज अधिकारी, वनमन्त्रीमा नारदमुनि राना, सञ्चारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, बिनाविभागीयमन्त्रीमा मोहन बायिनाँ र वनराज्यमन्त्रीमा आशा विकलाई नियुक्त भएका छन्।