सात मन्त्री र एक राज्यमन्त्री थपिँदै, आजै शपथको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात मन्त्री र एक राज्यमन्त्री थप्न लागेका छन्।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपा (एमाले)का सँगै पूर्वमाओवादी र जनता समाजवादी पार्टी (जसपा)का गरी सात जना मन्त्री र एक राज्यमन्त्री थप्न लागेका हुन्।
गृहमन्त्रीमा खगराज अधिकारी, वनमन्त्रीमा नारदमुनि राना, सञ्चारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, बिनाविभागीयमन्त्रीमा मोहन बायिनाँ र वनराज्यमन्त्रीमा आशा विकलाई नियुक्त गर्ने तयारी रहेको जनाइएको छ।
यसअघि प्रधामन्त्री ओलीले २१ जेठमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। त्यतिबेला जसपाका आठ मन्त्री र दुई
राज्यमन्त्री थपेका थिए। चुनाव घोषणापछि मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेका छन्।
त्यतिबेला प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफूसँगै राखेका थिए। अहिले तिनै मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्।
आजै पद तथा गोपनीयताको शपथ खुवाउने समेत तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्रोतले जनाएको छ।