प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
अहिले प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफूसगै राखेका छन्। गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
यसअघि २१ जेठमा प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का आठ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए।
त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।