कांग्रेस तीन मन्त्रीसहित प्रदेश-२ सरकारमा सहभागी हुने
नेपाली कांग्रेस तीन मन्त्रीसहित प्रदेश-२ सरकारमा सहभागी हुने भएको छ।
रामसरोज यादव भौतिक पूर्वाधार मन्त्री, ओमप्रकाश शर्मा ऊर्जामन्त्री र वीरेन्द्रप्रसाद सिंह खानेपानी मन्त्री बन्ने भएका हुन्।
नेपाली कांग्रेस संसदीय दलको नेता रामसरोज यादवका अनुसार साँझ साढे ७ बजे नवनियुक्त मन्त्रीको शपथ हुने छ।