काठमाडौं उपत्यकामा ९१५ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१५ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौंमा ६८७ संक्रमित थपिएका हुन्।
मंगलबारसम्म भक्तपुरमा ३ हजार ४५४, ललितपुरमा ४ हजार ५०१ र काठमाडौंमा ११ हजार ४२३ सक्रिय संक्रमित थिए।
आज देशभर ४ हजार ३४४ जनामा संक्रमण देखिएको छ। ५ हजार ७६८ जना संक्रमणमुक्त भएका छन् भने ८१ जनाको मृत्यु भएको छ।