१३ अंकले घट्यो नेप्से, परिसूचक २९४६ विन्दुमा
बुधबार शेयर बजार परिसूचक, नेप्से १३.५६ अंकले घटेको छ। २९९५ विन्दुबाट शुरु भएको बजारले २ मिनेटमै ३ हजार अंक छोएको थियो। परिसूचक २९४६.५८ विन्दुमा पुगेर रोकिएको छ।
आज २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार फाइनान्स, उत्पादन, बीमा र व्यापार समूहमा लगानीकर्ताको उत्साह देखिएको छ।
आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, उन्नती मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर विकास कम्पनी, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक कमाए।
त्यसैगरी सीईडीबी हाइड्रोपावर विकास कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य पनि ९ प्रतिशत बढीले उकालो लाग्यो।