सरकारप्रतिको विश्वासले पूँजीबजारमा आकर्षणः अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारप्रति लगानीकर्ताको विश्वासले गर्दा पूँजी बजारमा आकर्षण देखिएको बताएका छन्।
नेपाल धितोपत्र बोर्डको २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन्। उनले लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण बनाउन बोर्डलाई निर्देशन समेत दिएका छन्।
अर्थमन्त्री पौडेलले कमीकमजोरी हटाइ बोर्डलाई गतिशील बनाउन पनि निर्देशन दिएका छन्। कारोबारलाई पारदर्शी बनाउन र साना लगानीकर्तालाई ध्यान दिन पनि पौडेलले आग्रह गरे।
पछिल्लो समय पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ। मंगलबार मात्रै ५३.४४ अंकले बढेर नेप्से हालसम्मकै उच्च, २९६० विन्दुमा पुगेको छ।