नेपाल विश्वकपबाट बाहिरियो, एसियन कपको सम्भावना जिवितै
विश्वकप छनोटअन्तर्गत गएराति जोर्डनसँग पराजित भएसँगै नेपालको सन् २०२२ को विश्वकप यात्रा सकिएको छ। सन् २०२३ को एसियन कप खेल्ने सम्भावना भने जिवितै रहेको छ।
कुवेतको जाफेर अल–अह्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोडर्नसँग ३–० ले पराजित भएको हो। यो हारसँगै अंक तालिकमा चौथो स्थानमा रहेको नेपालको विश्वकपका लागि छनोटबाट बाहिरिएको छ।
समूह ‘बी’मा रहेको नेपालको ९ अंक छ। त्यस्तै, समूहको शीर्षस्थानमा रहेको अस्ट्रेलियाको १८, जोर्डनको १३, कुवेतको १० अंक छ भने चाइनिज ताइपेइले अंक जोड्न सकेको छैन।
समूहको शीर्ष दुई टिम अस्ट्रेलिया र जोर्डन एसियन कपको तेस्रो चरणको छनोटका खेल्न पाउने भएका छन्। त्यस्तै, समूहको तेस्रो नम्बरमा रहेको कुवेत पनि एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउने भएको छ भने समूह उपविजेता हुने सम्भावना पनि रहेको छ।
समूहको चौथो स्थानमा रहेको नेपाल विश्वकप छनोटबाट त बाहिरएको छ नै अब एसियन कप खेल्नका लागि पनि प्ले–अफ राउन्डमा प्रतिस्पर्धा गर्नुपर्नेछ।