ज्येष्ठ नागरिकलाई कोरोना खोप (तस्वीरहरू)
कोभिड-१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ मंगलबारबाट देशभर ज्येष्ठ नागरिकलाई लगाउन थालिएको छ।
काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्षसम्मका र काठमाडौं उपत्यका बाहिर ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई पहिलो डोज लगाउन थालिएको हो। भेरोसेलको दोस्रो डोजको मात्रा सुनिश्चित गरेर पहिलो डोज लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
खोप लगाउन बिहानैदेखि सर्वसाधारण खोप केन्द्र पुगेका छन्। भक्तपुरका बिभिन्न खोप केन्द्रमा पनि ज्येष्ठ नागरिक खोप लगाउन उत्साहित देखिन्थे।