जर्मनीबाट आयो अत्यावश्यक स्वास्थ्य सामग्री (तस्वीरहरू)
कोभिड-१९ सँग जुध्न जर्मनीले पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सफेरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
जर्मनीले ६२ भेन्टिलेटर, २७ हजार ५०० एफएफपी-२ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँच वटा आईसोलेसन टेन्ट र २५ हजार लिटर डिस्इन्फेक्टन्ट पठाएको हो।