मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले मंगलबार बिहान जारी गरेको दैनिक पेशी सूचीमा मन्त्रिपरिषद् विस्तारविरुद्धका ६ वटै रिट न्यायाधीश खतिवडाको इजलासमा राखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जेठमा जनता समाजवादी पार्टी (जसपा)का आठ मन्त्री र दुई राज्यमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरेका थिए। त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जना कानून व्यवसायीले रिट दायर गरेका थिए।
वरिष्ठ अधिवक्ता त्रिपाठीसहित अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाह रिट दायर गरेका हुन्। रिटमा संविधान विपरीत मन्त्रिपरिषद् विस्तरा भएकाले बदर गर्न माग गरिएको छ।