आज देशभर चिनियाँ खोप लगाइँदै, ध्यान दिनुपर्ने ९ कुरा
कोभिड-१९ विरुद्ध चिनियाँ खोप ‘भेरोसेल’ आजबाट देशभर लगाइँदै छ। काठमाडौं उपत्यकामा ६० देखि ६४ र काठमाडौं बाहिर ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई खोप लगाइने भएको हो।
चीनले नेपाललाई १० लाख डोज भेरोसेल खोप दिएको छ। त्यहि खोप देशभर लगाइने भएको छ। ६० देखि ६४ वर्षसम्मका सबैलाई नपुग्ने देखिएकाले काठमाडौं बाहिर ६२ देखि ६४ वर्षका नागरिकलाई लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा भने ६० देखि ६४ वर्षसम्मकै नागरिकलाई लगाइनेछ।
यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल दिएका थियो। त्यतिबेला काठमाडौं उपत्यकामा १८ वर्षभन्दा माथिका नागरिकलाई लगाइएको थियो।
सरकारले भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरेको थियो। त्यसमध्ये पहिलो खेपमा १० लाख खोप आएका थिए। तर, भारतले थप १० लाख खोप नदिएपछि दोस्रो डोज लगाउन सकिएको छैन।
अहिले भने दोस्रो डोजलाई पनि व्यवस्था गरेर भेरोसेलको पहिलो डोज लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चिनियाँ खोप पहिलो डोज लगाउँदा केही कुरामा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।