पाथीभरामा निसासिएको मुक्कुमलुङको पहिचान
लिम्बू समुदायको सांस्कृतिक धरोहर मुक्कुमलुङको ऐतिहासिकता र मौलिकता मेटेर पाथीभरा नाम राखिनु स्थानीयता र जातीय चिनारीमाथिकै अतिक्रमण हो।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराको असली नाम मुक्कुमलुङ हो भन्ने कमैलाई थाहा छ। यहाँका आदिम पुर्खाहरूले प्रकृतिसँग जुध्दै, अनेक समस्या र विपत्तिको सामना गर्दै बसाएको नवीन इतिहासको जग नामेट पारिनु विडम्बना हो।
प्रकृतिको अद्भूत स्वरूपमा उभिएको यो पहाडी थुम्कोेले वरपरका मानिसलाई बाँच्ने आधार मात्र दिएको थिएन, विपद् पनि ल्याइदिन्थ्यो। त्यसैले स्थानीयले यो पर्वतलाई अद्भूत दैवी शक्तिको रूपमा मान्दै मुक्कुमलुङ भनेर पुज्न थाले। आदिम पुर्खाहरूले यस आसपासमा मुन्धुम सभ्यता र संस्कृतिको जग बसाले। र, आफूलाई सावा येत्हाङका सन्तान याक्थुङ सुहाङ भनेर चिनाए।
तर, समयक्रममा मुक्कुमलुङ इतिहासको गर्तमा छोपिँदै गयो, त्यसको सट्टा पाथीभरा नाम व्यापक बन्यो। त्यसैले हिजोआज मुक्कुमलुङको बारेमा धेरैलाई थाहा छैन।
इतिहासको गर्तमा दबिएको र पाथीभराले छोपिएको त्यही मुक्कुमलुङबारे यहाँ चर्चा गरिएको छ।
उत्पत्तिबारेको कथा
पूर्वी नेपालको पाथीभरा देवी हिन्दूहरूको पसिद्ध धार्मिक स्थल हो। मनोकांक्षा पूरा हुने विश्वासले श्रद्धालुहरू टाढा टाढादेखि दर्शन र पूजा गर्न पाथीभरा आउने गरेका छन्। यहाँ काली देवी रहेको हिन्दूहरुको विश्वास छ। पाथीभरा माताले अधर्मीहरूको नाश गर्ने र शुद्ध चित्त भएकाहरूको कल्याण गर्ने जनविश्वास छ।
पाथीभरा देवीको उत्पत्तिको बारेमा विभिन्न किंवदन्ती प्रचलित छन्। पार्वतीले शिवको तपस्या गरेर बसेको भनेर शिवपार्वतीको कथासँग पनि जोड्ने गरिएको छ।
एउटा बहुप्रचारित किंवदन्ती चाहिँ भेडी गोठालाको छ। कथा अनुसार, आजभन्दा तीन पुस्ताअघि लगभग वि.सं. १९८४/८५ तिर हालको फुङलिङ नगरपालिका–१० फुरुम्बोका गुरुङ भेडी गोठालाहरूले पाथीभरा डाँडामा भेडीगोठ राखेका थिए। एक दिन गोठमा भएका भेडा सबै हराए। भेडी गोठालोको सपनामा एक स्त्री आएर भनिछन्, ‘म बस्ने ठाउँमा फोहोर गर्यौ, त्यसैले म रिसाएँ। तिम्रा भेडा मसँग छन्। मैले भनेजस्तै गर्यौ हराएका भेडा ल्याइदिन्छु।’
गोठालोले सपनाको कुरा सम्झेर पक्कै पनि यहाँ देवी हुनुपर्छ भन्ने अनुमान गर्यो। तब उसले ‘तिमीलाई रोज्जा भेडा भोग दिन्छु, मेरा हराएका सबै भेडा ल्याइदिनुपर्यो भनेर भाकल गरेर पूजा गर्यो। नभन्दै हराएका सबै भेडा पूर्ववत् अवस्थामा गोठमा सुतिराखेको पायो। गोठालाले सपनामा देखेको स्त्री स्वरूप काली देवी हो भनिन्छ।
गोठालाहरूले त्यो घटनाबारे बताएपछि अरुले पनि थाहा पाए। तब मानिसहरू पूजा र भाकल गर्न आउन थाले।
पाथीभरा देवी भनिएको डाँडामा देखा पर्ने र अनेक लीला गर्ने देवी युमा हुन् भन्ने याक्थुङ समुदायको विश्वास रहिआएको छ। मुक्कुमलुङलाई विभिन्न नामले पुकारिन्छ। याक्थुङ पुरोहित फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोःक्, चेप्तीगोःक्, मुक्तीफो माङ आदि विभिन्न नामले पुकारेको पाइन्छ।
देवीको उत्पत्ति भएको त्यो पहाड अन्न भरेको पाथी जस्तो देखिने भएकाले पाथीभरा भनियो र यसैसँग जोडेर पाथीभरा देवी भन्न थालियो। योभन्दा अरु कारण छैन।
रैथाने याक्थुङ मिथक
पाथीभरा देवी भनिएको डाँडामा देखा पर्ने र अनेक लीला गर्ने देवी युमा हुन् भन्ने याक्थुङ समुदायको विश्वास रहिआएको छ। मुक्कुमलुङलाई विभिन्न नामले पुकारिन्छ। याक्थुङ पुरोहित फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोःक्, चेप्तीगोःक्, मुक्तीफो माङ आदि विभिन्न नामले पुकारेको पाइन्छ।
याक्थुङ जातिले तागेरानिङवाफु माङलाई सर्वशक्तिमान् ईश्वर मान्छन्। पोरोक्मी माङ यम्भामी माङ, मुजोःक्लुङ खेजोःक्लुङ माङ, युमा माङ, थेबा साम्माङ लगायत अनेक देवीदेवता र भूतप्रेतको अस्तित्व छ भन्ने विश्वास छ। तागेरानिङवाफु माङकै अर्को रूप युमा भएकोले याक्थुङहरूमा युमाको सर्वश्रेष्ठ स्थान छ। तागेरानिङवाफु माङ निराकार, अदृश्य र सर्वव्यापक छन्। तागेरानिङवाफु माङले मानव स्त्रीको रूप धारण गरेर वेलावेला मानिसलाई दर्शन दिन्छन् भन्ने विश्वास छ। तिनै स्त्रीरूप नै युमा हुन्। युमाले मानिसलाई जीवन जिउन अनेक उपाय सिकाउँछिन् र मानव कल्याणका ज्ञान दिन्छिन् भन्ने विश्वास छ।
पहाड पर्वत, खोलानाला, पोखरी, जंगल, पहरा, ओढार, पाखापखेरा सबैतिर देवीदेवता बस्छन् भन्ने विश्वासमा तिनलाई दैवी शक्ति मानेर पुज्ने चलन छ। फक्ताङलुङको अत्यन्त ठूलो महिमा र श्रद्धा छ। फक्ताङलुङलाई खस नेपालीमा कुम्भकर्ण भनिन्छ।
मुन्धुममा सेसेलुङ, सेन्छेलुङ, फक्ताङलुङ, चम्जमलुङ, चन्जनलुङ, फेःत्फेःत्लुङ, मुक्कुमलुङ, सेवालुङ, वाधिनलुङ जस्ता अनेक ‘लुङ’ प्रत्यय जोडिने हिमचुली र पर्वतहरूको नाम आउँछ। याक्थुङ समुदायमा हरेक पूजाआजा गर्दा, कर्म संस्कार र धार्मिक सांस्कृतिक अनुष्ठान गर्दा यी पर्वतको नाम पुकार्नुपर्छ। बलशक्ति माग्ने, आयु वरदान माग्ने र यिनलाई मनाएर मात्र पूजा सम्पन्न गरिन्छ।
यसका साथै यहाँका खोलानाला र तालतलैयाको नाम पुकारिन्छ। मुन्धुममा इम्बिरी याङधाङवा भनेर पुकारिने तमोर खोलाको बेग्लै महत्त्व छ। सोधो वारक (पोखरी), तिङमा वारक (तिम्बू) लगायत विभिन्न वारकको वर्णन मुन्धुममा आउँछ।
मिथकमा युमा र मुक्कुमलुङको कथा जोडिन्छ। मुन्धुम र मिथक अनुसार युमाको लीला विभिन्न स्थानमा अनेक भूमिकामा आउँछ। कहिले बालिका, कहिले जवान, कहिले वृद्धा स्त्रीको रूप लिएर तान बुन्ने, थुन्से बोकेर हिँड्ने युमाले तेह्रथुम, पान्थर, मधेश, हिमाल जताततै डुल्दै मानिसहरूलाई दर्शन दिएको किंवदन्ती छ। मुक्कुमलुङ पहाड र आसपासको क्षेत्र माङयुङ (अपभ्रंश मयेम), लिङखिम, फुरुम्बोतिर तान बुन्दै बसेको, मुक्कुमलुङ डाँडादेखि पारि खेजेनिमको इलेक्केनी सेवालुङ (मानाभरा) डाँडासम्म धागो टाँगेर तान बुनेको मिथकहरू छन्।
युमाले तान बुन्दा धागो टाँगेको ढुङ्गा थाक्केलुङ (अपभ्रंश ताङ्गेलुङ) साविक फुरुम्बो ३ मा छ भने युमा बसेको टुल र धागो टाँगेको थाक्थाक्खिबो र युमा वाबाक (कुवा) साविक लिङखिम ८ मा पर्छ। युमाले तान बुनेको ठाउँ हुनाले भक्तजनले फेदीदेखि मन्दिरसम्म धागो टाँगेको हुन्। यो परम्परा बिल्कुल युमासँग मात्र सम्बन्धित छ।
मुक्कुमलुङ युमा माङ सम्बन्धमा अर्को पनि मिथक छ। आजभन्दा करीब १७/१८ पुस्ताअघि माङयुङ गाउँमा तबेबुङ वंशका तागासेनहाङ राजा थिए। उनको पालामा गाउँको सिरानमा तबेबुङ थरी याक्थुङ (लिम्बू) हरूले गाईगोठ राख्थे। एकदिन गोठालाले गाई दुहुँदै जाँदा एउटा गाईको दूध आएन। अर्को दिन दुहुँदा आयो, फेरि अर्को दिन आएन। बाछोले खायो कि भनेर हेर्दा बाछा किलामै बाँधेको जस्ताको तस्तै हुन्थ्यो।
युमा र अनेक देवीदेवताको बास रहेको हुनाले गाउँको नाम माङयुङ रहन गयो, जुन साविक फुरुम्बो गाविस वडा नं. १ देखि ३ पर्छ। परापूर्व कालमा युमा र ताम्भुङनाले (वनदेवी) मुक्कुमलुङ डाँडामा नृत्य देखाए। नाच्दा सबै रुख र पात कुल्चेर डाँडा उजाड भयो। त्यहाँ रुख बिरुवा केही पनि उम्रिन नसकेर चउर मात्र भएको भनाइ छ। तर, अहिले त्यो डाँडा सम्याएर भौतिक संरचना ठड्याइएको छ।
मुक्कुमलुङ युमा माङ सम्बन्धमा अर्को पनि मिथक छ। आजभन्दा करीब १७/१८ पुस्ताअघि माङयुङ गाउँमा तबेबुङ वंशका तागासेनहाङ राजा थिए। उनको पालामा गाउँको सिरानमा तबेबुङ थरी याक्थुङ (लिम्बू) हरूले गाईगोठ राख्थे। एकदिन गोठालाले गाई दुहुँदै जाँदा एउटा गाईको दूध आएन। अर्को दिन दुहुँदा आयो, फेरि अर्को दिन आएन। बाछोले खायो कि भनेर हेर्दा बाछा किलामै बाँधेको जस्ताको तस्तै हुन्थ्यो। गोठालो छक्क पर्थ्यो।
एकदिन गाईहरूलाई जंगलमा चरनमा छोड्दा एउटा गाई थलामा फर्केर आएन। गोठालोले खोज्दै जाँदा भेटिएन। तर, गोठमा फर्केर हेर्दा त्यो गाई थलामा आएर बसेको भेटियो। गाई हराउने क्रम फेरि पनि दोहोरियो। गोठालो फेरि गाई खोज्दै जाँदा पहाडको अलि पर ओढारमा गाई दुहेको आवाज आयो, तर गाई भेटिएन। फर्किँदा घाम अस्ताउन लागेको थियो, गोठमा आइपुग्दा गाई त अघि नै आएर थलामा बसिराखेको भेटियो।
राति सुत्दा गोठालाले सपनामा साम्म्याङफुङ, कण्ठ, शिरबन्दी लगाएकी थुन्से, खुलुम्बी बोकेकी भरभराउँदी तर कपाल भने सेतै फुलेकी स्त्री देख्यो। ती स्त्रीले ‘म युमा माङ हुँ, मेरो बासस्थान मुक्कुमलुङ थेगु (डाँडा) मा तिमीहरूले गाईगोठ राखेर, फोहोर गरेर अपवित्र तुल्यायौ। त्यसैले म रिसाएर गाई र गाईको दूध लुकाएर शक्ति देखाएकी हुँ। मैले भनेजस्तो सेतो वा कालो गाईका दूध चढाएर पूजा गर्छौ, सफा सुग्घर पार्छौ भने तिमीहरूको फलिफाप हुन्छ, नत्र भने यो भन्दा अझ भयंकर शक्ति देखाउँछु’ भनेर अलप भइन्।
स्थाननामले सम्बन्धित जाति र भूमिबीचको सम्बन्ध बताउँछ र उसको इतिहास, भाषा, संस्कृति, सभ्यता र पहिचानसँग अन्तरसम्बन्ध राख्छ। पुराना रैथाने नामहरूलाई उपनिवेशकारी वा शासकहरूले बिगार्ने, भत्काउने वा परिवर्तन गर्ने सक्दो प्रयास गर्छन्। यसो भयो भने भूमिसँगको ऐतिहासिक सम्बन्ध तोडिन्छ।
सपनामा देखे जस्तै अगाडि गाई दुहेको आवाज सुनिएको पहराको ओढारमा युमाको थान राखेर तबेबुङ गोठालाले पूजा गरे। त्यसपछि त्यो घटना दोहोरिएन। यही समयदेखि मुक्कुमलुङ युमा माङ थान स्थापना भई पूजा सेवा गर्ने चलन शुरू भयो। यो ठाउँमा २०३३/३४ सालसम्म तबेबुङहरूले गाईगोठ राख्थे।
यी दुवै मिथकमा सपनामा एक स्त्री देखापरेको घटनामा समानता छ। वास्तवमा भेडी गोठालालाई सपनामा स्त्री रूप धारण गरेर दर्शन दिने पनि युमा नै हुन्, अरु होइन। यो क्षेत्र परापूर्वकालदेखि युमाको लीला र क्रीडास्थल हो भन्ने कुरा माथि चर्चा भैसकेको छ। भेडी गोठालाको घटना लगभग सय वर्षको हाराहारी भयो। इतिहासले पनि पुष्टि गर्दैन।
मुक्कुमलुङ नामको इतिहास
संसारमा स्थाननामको व्युत्पत्ति प्रक्रिया लगभग समान प्रकृतिको हुन्छ। निश्चित भूगोलमा आदिम काल वा अरु आउनुभन्दा पहिलेदेखि जो बसोबास गर्छ, उसैले त्यहाँका गाउँठाउँ, खोलानाला, पहाड पर्वत, पोखरी, झरना, वनपाखा आदिको नामकरण गरेको हुन्छ। स्थाननामले सम्बन्धित जाति र भूमिबीचको सम्बन्ध बताउँछ र उसको इतिहास, भाषा, संस्कृति, सभ्यता र पहिचानसँग अन्तरसम्बन्ध राख्छ।
पुराना रैथाने नामहरूलाई उपनिवेशकारी वा शासकहरूले बिगार्ने, भत्काउने वा परिवर्तन गर्ने सक्दो प्रयास गर्छन्। यसो भयो भने भूमिसँगको ऐतिहासिक सम्बन्ध तोडिन्छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र मुन्धुममा आउने धेरै ठाउँहरू छन्। त्यसैले यो क्षेत्र याक्थुङ जातिको मुन्धुम सभ्यताको उद्गम थलो मानिन्छ। इम्बिरी याङधाङवा वा तमोर खोला आसपासमा अधिकांश मुन्धुमको उत्पत्ति भएकाले तमोर सभ्यता पनि भनिन्छ।
फेदाङमा साम्बा पुरोहितहरूले पूजाआजा गर्दा फलाक्ने अनेक नाम भए पनि बोलचालमा प्रयोग हुने मुक्कुमलुङ हो। यसमा दुईवटा शब्दको संयोजन छ ‘मुक्कुम’ र ‘लुङ’। मुक्कुम को अर्थ अग्नि वा शक्ति हुन्छ भने लुङ को ढुङ्गा, शिला वा चट्टान हुन्छ। त्यसैले मुक्कुमलुङ भनेको अग्निपुञ्ज, शक्तिपुञ्ज वा शक्तिदायिनी शिला, चट्टान हो।
तमोरलाई मुन्धुममा इम्बिरी याङधाङवा भनिन्छ भने साधारण बोलचालमा थाङवा वा ताम्वा भनिन्छ। थाङवा > ताम्वा हुँदै खस नेपाली अप्रभंश तमोर भयो। मुन्धुम वाचन र गायनमा प्रयोग हुने र साधारण बोलीचालीमा प्रयोग हुने भाषाशैलीबीच निकै भिन्नता छ। त्यसैले मुन्धुमी शब्दलाई शास्त्रीय (क्लासिकल) भाषा भनिन्छ।
मुन्धुममा मुक्कुमलुङका अनेक नाम छन् भन्ने माथि उल्लेख भइसकेको छ। फेदाङमा साम्बा पुरोहितहरूले पूजाआजा गर्दा फलाक्ने अनेक नाम भए पनि बोलचालमा प्रयोग हुने मुक्कुमलुङ हो। यसमा दुईवटा शब्दको संयोजन छ ‘मुक्कुम’ र ‘लुङ’। मुक्कुम को अर्थ अग्नि वा शक्ति हुन्छ भने लुङ को ढुङ्गा, शिला वा चट्टान हुन्छ। त्यसैले मुक्कुमलुङ भनेको अग्निपुञ्ज, शक्तिपुञ्ज वा शक्तिदायिनी शिला, चट्टान हो।
डाँडाको पूर्वतर्फ ढुङ्गाको पहरामा एक अद्भूत ज्योति निस्किने वा बल्ने शिला थियो। अग्निशक्तियुक्त शिला भएकाले याक्थुङ भाषामा यसलाई मुक्कुमलुङ भनियो। पहिले त्यो पहरामा रहेको शक्तिदायिनी शिलामा पूजा गरिन्थ्यो। पहरामा जो कोही जान नसक्ने भएकाले त्यो शिला २००५ सालमा हर्कजंग मादेनको अगुवाइमा तुत्तु तुम्याहाङ, फेदाङमा साम्बाहरू भेला गराई बाजागाजा र लावालस्करसहित माथि डाँडामा निकालेर स्थापना गरी पूजा गर्न थालियो।
अहिले त्यो शिलामाथि काली भगवतीको मूर्ति राखेर पूजा गर्ने गरिएको छ। परापूर्वकालदेखि शक्तिको प्रतीक मानेर पुजिने मुक्कुमलुङलाई कालीको मूर्तिले छोपेर राख्नु र शिलाको सट्टा कालीको मूर्ति पुज्न थालिनु रहस्यमय छ।
यसरी युमा माङले प्राणशक्ति भरेर जगाएको शक्तिपुञ्ज शिला मानव कल्याणका खातिर डाँडामाथि मुक्कुमलुङ भएर खडा भयो। यही अग्निपुञ्ज शिलाको नामबाट सिङ्गो पर्वतको नाम मुक्कुमलुङ रहन गयो।
याक्थुङ समुदायले पूजा गर्दा मुक्कुमलुङसँगै अरु ससाना ढुङ्गा लहरै गाडेर पूजा गर्थे। अस्थायी रूपमा गाडिने ढुङ्गाहरू कुनै कुइ कुदाप, ताम्भुङना, सावा युक्पुङगेम्बा वा शिकारी आदिका हुन्। ती पुराना अवशेषका रूपमा रहेका ढुङ्गालाई मूर्ति स्थापना गरी पक्की पूजास्थल निर्माण गर्दा बाहिर राखिएका छन्।
मुन्धुममा फक्ताङलुङको उच्च स्थान छ। तर, आफ्नै गाउँठाउँबाट फलाकेर मान्ने, धुपधुवाँ लगाउने गरिन्छ, फक्ताङलुङमै गएर पूजा गरिँदैन। मुक्कुमलुङको सवालमा पनि त्यही हो। नजिकका बाहेक टाढा टाढाबाट तीर्थको रूपमा गएर दर्शन र पूजा गर्ने चलन नभएकाले फेदाङमाले मुक्कुमलुङ माङ, सेमुक्ती मुक्तीफोमाङ, सेमुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ माङ भनेर फलाक्दै मन्साएको आम रूपमा कसैलाई थाहा भएन। त्यसले गर्दा मुक्कुमलुङ नै ओझेलमा पर्यो।
याक्थुङ समुदायको आध्यात्मिक विश्वास, परम्परा र संस्कार बेग्लै प्रकारको छ। मन्दिर बनाउने, भगवान्को मूर्ति पूज्ने, तीर्थयात्रा गर्ने जस्ता परम्परा छैन। पुरोहितजस्तो मानिने फेदाङमा, साम्बा, येबामार्फत देवीदेवता आदिको पूजा गर्ने गरिन्छ, आफैं पूजा गर्ने, भजन गर्ने परम्परा छैन। सामूहिक पूजा गर्नुपर्ने अवस्थामा चाहिँ गाउँलेहरू गाउँकै आसपास भेला भई पूजा गर्ने चलन छ। नजिकका देवीदेवता भए थानमा गएर पूजा गरे पनि टाढाटाढाका देवीदेवता पुरोहितबाट घर नजिक कतैबाट मुन्धुम फलाकेर पुज्ने गरिन्छ। किनभने भौतिक रूपले टाढा जान सम्भव हुँदैन र तीर्थ धाउने जाति पनि होइन।
मुन्धुममा फक्ताङलुङको उच्च स्थान छ। तर, आफ्नै गाउँठाउँबाट फलाकेर मान्ने, धुपधुवाँ लगाउने गरिन्छ, फक्ताङलुङमै गएर पूजा गरिँदैन। मुक्कुमलुङको सवालमा पनि त्यही हो। नजिकका बाहेक टाढा टाढाबाट तीर्थको रूपमा गएर दर्शन र पूजा गर्ने चलन नभएकाले फेदाङमाले मुक्कुमलुङ माङ, सेमुक्ती मुक्तीफोमाङ, सेमुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ माङ भनेर फलाक्दै मन्साएको आम रूपमा कसैलाई थाहा भएन। त्यसले गर्दा मुक्कुमलुङ नै ओझेलमा पर्यो।
मुक्कुमलुङमा निर्मित मन्दिर र मूर्तिले अर्कै स्वरूप पाइसके धागो टाँग्ने र ढुङ्गा गाडेर पूजा गर्ने रैथाने याक्थुङ परम्पराका केही अवशेष अहिले पनि प्रचलनमै छन्। यहाँ दर्शन गर्ने भक्तजनले फेदीदेखि मन्दिरसम्म धागो टाँगेर लैजाने गरेका छन्। धागो टाँग्ने परम्परा युमासँग जोडिन्छ। थाक्पेदाङमे खिबेदाङमे, आसुनु युमा माङङे, थाक्पे मेम्बु? ए खिबे मेम्बुए रो (हे तान र धागोकी मालिक युमा देवी, जीवनको प्रतिक धागो नचुँडियोस् है) भनेर युमा माङलाई मुन्धुम फलाकेर श्रद्धा र पूजा गरिन्छ। माथि नै चर्चा गरियो, युमाले यो क्षेत्रको आसपासमा धागो टाँगेर तान बुनेको मिथक छ। त्यसैले यहाँ धागो टाँगिएको हो।
मुक्कुमलुङमा निर्मित मन्दिर र मूर्तिले अर्कै स्वरूप पाइसके धागो टाँग्ने र ढुङ्गा गाडेर पूजा गर्ने रैथाने याक्थुङ परम्पराका केही अवशेष अहिले पनि प्रचलनमै छन्। यहाँ दर्शन गर्ने भक्तजनले फेदीदेखि मन्दिरसम्म धागो टाँगेर लैजाने गरेका छन्। धागो टाँग्ने परम्परा युमासँग जोडिन्छ।
मुक्कुमलुङ र मुक्कुमलुङमाको अन्तर
मुन्धुम अनुसार उहिले फक्ताङलुङ तमोर खोला क्षेत्रको सावा येत्हाङ गाउँमा सावा युक्पुङकेःम्बा नामका एक शिकारी थिए। उनका चार वटी श्रीमतीमध्ये एउटी योसुलुङमा मुक्कुमलुङमा र अर्की थोसुलुङमा फियामलुङमा थिइन्।
कतिलाई उनकी श्रीमती मुक्कुमलुङमा र युमा माङ देवस्थल मुक्कुमलुङ एउटै हो भन्ने भ्रम छ। नाम लगभग उस्तै हुँदा अलमल र दुविधा उत्पन्न भएको देखिन्छ। तर, यहाँ एउटा अक्षर ‘मा’ बाहेक नाम मिल्नु संयोग मात्र हो।
खासमा मुक्कुमलुङ र मुक्कुमलुङमा फरक नाम र फरक मुन्धुमी पात्र हुन्। मिथकको कथावस्तु पनि धेरै अन्तर छ। नाममा केही समानता हुँदैमा एउटै हुँदैन र होइन। मिथकको विषय र सन्दर्भ मेल खाँदैन।
आन्तरिक आप्रवासनले मेटिएका स्थाननाम
वि.सं. १८३१ मा लिम्बुवान् गोरखा (नेपाल) राज्यमा गाभिएपछि यस क्षेत्रमा बसाइँ सराइमा तीव्रता आयो। सरकारले लिम्बूवान् क्षेत्रमा गैरयाक्थुङहरूको आप्रवासनलाई प्रोत्साहित गर्ने नीति लियो र अन्यत्रबाट व्यापक मान्छे ल्याएर बस्ती विस्तार गर्यो। सुब्बाहरूबीच मान्छे ल्याउँदै आफ्नो किपटमा रैती बसाल्ने प्रतिष्पर्धा चल्यो।
त्यस्तो आन्तरिक बसाइँ सराइले लिम्बूवान्मा सामाजिक, सांस्कृतिक, आर्थिक संरचना र शक्ति सम्बन्धमा व्यापक फेरबदल मात्र आएन, आफ्नै भूमिमा याक्थुङहरूलाई अल्पमतमा पारियो। भाषिक, सांस्कृतिक उपनिवेशलाई राज्य संचालनको प्रमुख कडी बनाइयो। प्रशासनिक क्षेत्रमा एकल गोरखा (नेपाली) भाषाको दबदबासँगै मिश्रित बसोबासले आम जनमानसमा एकल गोरखा (नेपाली) सम्पर्क भाषाको रूपमा स्थापित भयो। त्यसपछि याक्थुङ भाषा, संस्कार, संस्कृति, रहनसहनमा विचलन आउन थाल्यो।
नव–आगन्तुक आप्रवासीले यहाँका गाउँठाउँका ऐतिहासिक तथा मौलिक नामहरू अप्रभंश र परिवर्तन गराउँदै लगे। यस्तो काम राज्य सत्ताको आडमा भयो। मुक्कुमलुङलाई पाथीभरा, फक्ताङलुङलाई कुम्भकर्ण, सेवालुङलाई मानाभरा, थाङवालाई तमोर, काङवालाई काबेलीमा परिणत गरियो। यस्ता उदाहरण थुप्रै छन्।
नाम मात्र परिवर्तन गरिएन, धार्मिक सांस्कृतिक रूपमा हिन्दू खसकरण गर्दै लगियो। यो आन्तरिक औपनिवेशिकरणको एक दृष्टान्त हो। नाम फेर्ने, बिगार्नेदेखि ऐतिहासिक सांस्कृतिक ठाउँहरू खोसेर आफ्नो बनाउने काम जताततै भएका छन्। त्यसमध्येको मुख्य हो, मुक्कुमलुङ।
आन्तरिक बसाइँ सराइले लिम्बूवान्मा सामाजिक, सांस्कृतिक, आर्थिक संरचना र शक्ति सम्बन्धमा व्यापक फेरबदल मात्र आएन, आफ्नै भूमिमा याक्थुङहरूलाई अल्पमतमा पारियो। नव–आगन्तुक आप्रवासीले यहाँका गाउँठाउँका ऐतिहासिक तथा मौलिक नामहरू अप्रभंश र परिवर्तन गराउँदै लगे। यस्तो काम राज्य सत्ताको आडमा भयो। मुक्कुमलुङलाई पाथीभरा, फक्ताङलुङलाई कुम्भकर्ण, सेवालुङलाई मानाभरा, थाङवालाई तमोर, काङवालाई काबेलीमा परिणत गरियो।
पुराना स्थान नाम फेर्ने, स्वामित्व खोस्ने काम नहुँदो हो त गुरुङ भेडी गोठालासँग कथा जोडिएकाले गुरुङ भाषाबाट नाम रहनुपर्ने थियो। गुरुङ विधिले देवस्थल बन्नुपर्थ्यो। तर, न गुरुङको रह्यो न याक्थुङको रह्यो। एकछत्र हिन्दूको प्रसिद्ध धार्मिक स्थल पाथीभरा पो भइदियो।
वि.सं. १९५२ मा ताप्लेजुङको फुङलिङमा अमिनी अड्डा स्थापना गरियो। तल्लो तहमा खडा गरिने अड्डाहरू केन्द्रीय सत्ताका स्थानीय एजेन्ट हुन्। स्थानीय अड्डाहरू मार्फत कैयौं स्थाननामहरूलाई गलत ढंगले दस्तावेजीकरण भएकाले विकृत भएका छन्। यो कार्य अञ्जानमा वा नियतवश भएको छ।
धनकुटाका राणा बडाहाकिमले यहाँ कालो बोकाको भोग चढाएर पूजा गरेपछि बलि दिने प्रचलन शुरूआत भएको भनाइ छ। त्यसै वेलादेखि राज्यका स्थानीय प्रशासकहरूको संलग्नतामा हिन्दूकरण गर्दै लैजाने क्रम बढेको देखिन्छ। स्थानीय हिन्दू खस समुदायको प्रवाहसँगै विभिन्न देवीदेवताको मूर्ति स्थापना गर्दै लगियो। देवस्थल जाने बाटोको विभिन्न ठाउँमा पाटी चौतारा बनाउने र ती ठाउँको नाम आगन्तुक भाषामा राख्दै लगियो। जस्तै, काफ्ले थरको व्यक्तिले पाटी बनाएको ठाउँलाई काफ्लेपाटी भनियो। यो ठाउँको पुरानो नाम नाम्गे, नाम्गेत् हो। बलुडाँडाको खास नाम सिमु?इङ थेगु हो भने तल्लो फेदी, माथ्लो फेदी, कान्छी पाथीभरा यी सबै नयाँ नाम राखेर पुराना नाम मेटाइए।
आदिवासी याक्थुङहरूले प्राकृतिक वस्तु दूबो, ढुङ्गा, धूप, अक्षता, पाती आदि प्रयोग गरेर ढुंगालाई देवीदेवताका रूपमा पूजाआजा गर्ने चलन छ। माथि नै भनियो, मन्दिर हुँदैन र मूर्ति स्थापना पनि गरिँदैन। मुक्कुमलुङ पर्वतको ओढारमा रहेको शिलाको पूजासँगै अरु देवीदेवता, भूतप्रेत, शिकारी आदिलाई मन्साइन्छ। पहिले यही रूपमा पूजा गरिन्जेल देवस्थल प्राकृतिक स्वरूपमा नै थियो। तर, जब अनेक किसिमका हिन्दू मूर्तिहरू राख्न थालियो, मन्दिर, होमादी भवन लगायत मानवनिर्मित संरचनाहरू बनेपछि मुक्कुमलुङको प्राकृतिक स्वरूप विकृत बन्दैगयो। यसको सांस्कृतिक पहिचान संकटमा पर्यो र पुरातात्विक महत्त्व नाशियो।
२०५३ सालमा सरकारी तहबाट पाथीभरा क्षेत्र विकास समिति गठन आदेश भएपछि यसमा सरकारको प्रत्यक्ष संलग्नतामा शुरू भयो। यसले हिन्दूकरणको वेग थाम्नै नसकिने गरी बढायो। पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिबाट २०५८ सालमा डिल्लीजंग मादेन, कमल गुरागाईं, सूर्य नेयोङ लगायतको सक्रियतामा कालीको मूर्ति स्थापना गरियो।
वि.सं. २०३७ मा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति नामक गैरसरकारी संस्था स्थापना भयो। यसपछि भने हिन्दूकरण गर्ने कार्य संस्थागत भयो। डिल्लीजङ मादेनका बाजेको पालादेखि घरमा पुज्दै राखेको मूर्ति २०४२ सालमा उनका भतिज तत्कालीन वन तथा भू-संरक्षण राज्यमन्त्री विष्णु मादेनले लगेर मन्दिरमा स्थापना गरेपछि यो पवित्र स्थलमा हिन्दूकरणको जग बस्यो।
२०५३ सालमा सरकारी तहबाट पाथीभरा क्षेत्र विकास समिति गठन आदेश भएपछि यसमा सरकारको प्रत्यक्ष संलग्नतामा शुरू भयो। यसले हिन्दूकरणको वेग थाम्नै नसकिने गरी बढायो। पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिबाट २०५८ सालमा डिल्लीजंग मादेन, कमल गुरागाईं, सूर्य नेयोङ लगायतको सक्रियतामा कालीको मूर्ति स्थापना गरियो। यसरी सरकारी र गैरसरकारी दुई संस्थाको बलमा यहाँका रैथाने आदिवासी याक्थुङ समुदायको परापूर्वकालदेखिको पवित्र धार्मिक स्थल अतिक्रमणमा पर्दै गयो। यी सब हुँदै गर्दा पनि याक्थुङ समुदाय रमिते मात्र भएन, हिन्दूकृत गर्ने भूमिकाको नेतृत्व स्वयं याक्थुङहरूले नै गरे।
मुक्कुमलुङ पुनःस्थापनाको पहल
आदिवासी याक्थुङको सांस्कृतिक सम्पदालाई राज्य सत्ता र शक्तिको आडमा अपहरण गरिएपछि असन्तुष्टिहरू बढ्न थालेका छन्। पाथीभरा देवी भनिएको त्यो पहाड र देवीको सवालमा अहिले विवाद भइरहेको छ। आदिवासी याक्थुङ लिम्बू समुदायले यो पहाड र देवस्थलको ऐतिहासिक नाम मुक्कुमलुङ माङ भएको दाबी गरेका छन्।
परापूर्वकालदेखि आदिवासी याक्थुङ समुदायको आस्थाको धरोहर, पवित्र धार्मिक क्षेत्र मुक्कुमलुङको नामोनिशान नरहने गरी अतिक्रमण गरिएको भन्दै सचेत युवा वर्गले मुक्कुमलुङ संघर्ष समिति गठन गरी अभियान शुरूआत गरेका छन्। समितिले मुक्कुमलुङ नाम पुनःस्थापित गरी याक्थुङको परम्परागत संस्कारअनुसार धार्मिक स्थलको विकास गरिनुपर्ने, त्यस क्षेत्रमा निर्माण गरिएका सम्पूर्ण हिन्दू मूर्ति, मन्दिर हटाउनुपर्ने, धार्मिक क्षेत्रको संरक्षण संवर्द्धन, संचालन र स्वामित्व समुदायलाई हस्तान्तरण गर्नुका साथै संघीय सरकारको संलग्नता हटाउनुपर्ने, केबलकार निर्माण गर्न नहुने लगायत माग गरेको छ।
मुक्कुमलुङ पर्वतको वरिपरि थुप्रै गाउँबस्ती छन्। त्यहाँका बासिन्दा उहिलेदेखि जीवनदायिनी शक्तिपुञ्ज मुक्कुमलुङ पर्वतमाथि आश्रित छन् र उनकै आशीर्वाद पाएको विश्वास गर्छन्। तिनी छेत्छेती माङ हुन्। केही तलमाथि भयो वा फोहोरमैला भयो भने माङ रिसाएर चट्याङ हान्ने, हुरीबतास, असिनापानी निम्त्याएर गाउँमा दुःख दिन्छन् भन्ने जनविश्वास छ। त्यसैले सिङ्गो पर्वत युमाले बास गरेको मुक्कुमलुङ माङ हो।
संघर्ष समितिले समयसमयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिनेदेखि जनप्रदर्शन तथा विरोध सभा गरेर दबाब दिँदै आएको छ।
सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन के गर्ने?
कुनै पनि समुदायले वर्षौं अघिदेखि आस्था केन्द्र मान्दै आएको स्थललाई राज्यको आडमा कब्जामा लिनु न्यायसंगत हुँदै हैन। राज्यले मुलुकका सबै भाषा, संस्कृति, धर्म र संस्कारलाई समान व्यवहार र यथाशक्य संरक्षण गर्नुपर्ने हो, तर जातीय संस्कृति र परम्परामाथि अतिक्रमणमा उल्टै राज्यकै साथ र संलग्नता देखिँदै आउनु विडम्बना हो।
प्रकृतिमाथिको निर्भरता आदिवासी विशेषता हो। मुक्कुमलुङ पर्वतको वरिपरि थुप्रै गाउँबस्ती छन्। त्यहाँका बासिन्दा उहिलेदेखि जीवनदायिनी शक्तिपुञ्ज मुक्कुमलुङ पर्वतमाथि आश्रित छन् र उनकै आशीर्वाद पाएको विश्वास गर्छन्। तिनी छेत्छेती माङ हुन्। केही तलमाथि भयो वा फोहोरमैला भयो भने माङ रिसाएर चट्याङ हान्ने, हुरीबतास, असिनापानी निम्त्याएर गाउँमा दुःख दिन्छन् भन्ने जनविश्वास छ। त्यसैले सिङ्गो पर्वत युमाले बास गरेको मुक्कुमलुङ माङ हो।
मुक्कुमलुङ पर्वत सांस्कृतिक र प्राकृतिक सम्पदा त हो नै, जैविक विविधता र पर्यावरणीय दृष्टिले पनि महत्त्वपूर्ण छ। उच्च शिखरमा हरियाली वनजंगल भएकाले यसले जलको भण्डार जोगाएको छ। मुनिबाट बग्ने खोलानाला, खोल्सा, धारा, कुवा, पोखरी, पँधेराको स्रोत यही हो। मुनिका सयौं गाउँबस्तीका मानिसहरूको बाँच्ने आधार यही पर्वत हो।
तर, विकासका नाममा वनजंगल मास्ने र कृत्रिम कंक्रिटको संरचना बनाउने क्रम तीव्र बन्दै गएको छ, यो रोकिनुपर्छ। सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन र प्रवद्र्धन गर्न निम्न उपाय अपनाउनुपर्छः
- संविधानतः धार्मिक सांस्कृतिक अधिकार क्षेत्र प्रदेश सरकार र स्थानीय तहको हो। मुक्कुमलुङ धार्मिक क्षेत्र विकासका लागि स्थानीय सरकार मातहत राखिनुपर्छ र सम्बन्धित समुदायको स्वामित्व र नियन्त्रण रहनुपर्छ।
- मुक्कुमलुङ नाम आधिकारिक रूपमा पुनःस्थापित गरी दस्तावेजीकरण शुरू गरिनुपर्छ र युमा माङको मौलिक ऐतिहासिक मिथकको सान्दर्भिकतामा दर्शन र पूजाविधि अपनाइनुपर्छ।
- अतिक्रमणको गतिविधि रोकेर मानवनिर्मित सबै कंक्रिटका संरचना हटाउनुपर्छ। युमाको सान्दर्भिकतामा प्राकृतिक स्वरूपमा पूजा थान बनाई सेवा गर्नुपर्छ र मुक्कुमलुङको पुरातात्विक महत्त्व कायम राखिनुपर्छ।
- विकास र पर्यटन प्रवर्द्धनका नाममा अनधिकृत वन फँडानी रोक्नुपर्छ। डाँडा सम्याउने, सिमेन्ट, रड प्रयोग गरी कंक्रिटको संरचना बनाउने कार्य पूर्णरुपमा बन्द गरिनुपर्छ। वन फँडानी गरी उजाड बनाइएको ठाउँमा वृक्षरोपण गरिनुपर्छ।
- केबलकार निर्माण कदापि गर्नै हुँदैन। यो परियोजना प्रक्रियासम्मत छैन र नियत पनि सफा छैन। त्यस क्षेत्रका करीब १२ हजार रुखविरुवा काटिने भएकाले वातावरणीय सन्तुलन बिग्रिने र तलका बस्ती जोखिममा पर्ने सम्भावना पनि उत्तिकै छ।
- नाम्गे नाम्गेत्सम्म (कथित काफ्ले पाटी) को बाटो कालोपत्रे गरी यातायातको राम्रो प्रबन्ध गरिनुपर्छ।