अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ।
२३ जेठमा बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गरेको हो।
इवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायु सेवा निगमले भाडादर पनि घटाएको छ। अहिले कार्गो चार्टर्ड उडानको भाडा कटौती गरेको र नियमित उडान शुरु भएपछि सबै गन्तव्यको भाडा समायोजना गरिने वायु सेवा निगमले जनाएको छ।
जसअनुसार वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशत घटाइएको छ।