परीक्षण घटाउँदा संक्रमित घटे, आज ९९ जनाको मृत्यु
सरकारले कोरोनाभाइरसको परीक्षण घटाउँदा संक्रमितको संख्या पनि घटेको छ। आज तीन हजार ४७९ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार, पछिल्लो २४ घण्टामा १३ हजार ७३३ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ४६८ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार १६ हजार ८१४ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ४२ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट ९९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या सात हजार ८९८ पुगेको छ। शनिबार ६८ जनाको मृत्यु भएको थियो।
पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जनाका निको भएका छन्। योसँगै निको हुनेको संख्या चार लाख ९१ हजार नौ पुगेको छ। शनिबार आठ हजार २४३ जना निको भएका थिए।