नेप्से परिसूचक ५० अंकले बढ्दा १७ अर्ब २७ करोडको कारोबार
शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ। केही दिनदेखि लगातार उकालो लागेकाे बजार आइतबार ५०.१४ अंकले बढेको छ।
आज परिसूचक २९२० विन्दु पुगेर फर्किएको छ। २८८४ बाट शुरु भएको बजार २९०६.९१ विन्दुमा पुगेर रोकिएको हो।
आइतबार २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर खरीदविक्री हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, गुडविल फाइनान्सको मूल्य ९.८९, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८, रिडी हाइड्रोपावर कम्पनीको ९.८७ र नेपाल बाङ्लादेश बैंकको शेयर मूल्य ९.०७ प्रतिशतले बढेको छ।
आज ब्याकिङ समूहको सूचक ३.६६ प्रतिशतले बढेको छ। त्यसैगरी विकास ब्यांक २.३८, लगानी समूह ३.९७ प्रतिशतले बढेको छ।
आइतबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको मूल्यमा गिरावट अएको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्याे।