के हो रघुवीर महासेठको शक्तिको स्रोत?
प्रधानमन्त्री केपी शर्मा ओली ‘दाहिना’ भएकै कारण रघुवीर महासेठ परिवार २०७४ सालयता निरन्तर शक्तिमा छ। तर, उनी कसरी ओलीका यतिविघ्न प्रिय बन्न पुगे? उनको शक्तिको स्रोत के हो?
कमजोर कार्यसम्पादन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीबाट हटाइएको (४ मंसीर २०७६) डेढ वर्षपछि रघुवीर महासेठ परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीका रुपमा फेरि सरकारमा भित्रिएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको बहिर्गमनजस्तै महासेठको प्रवेश पार्टीका नेताहरुकै लागि पनि अपेक्षित होइन।
महासेठको सरकारमा जबर्जस्त प्रवेशका पछाडि तीन प्रमुख कारण मानिएको छ।
आगामी निर्वाचनमा मधेशको लाभ बटुल्ने योजनामा रहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई मधेशलाई नेतृत्व गर्ने सारथि चाहिएको छ। मधेशका बलिया नेताहरु रामचन्द्र झा, महेन्द्रराय यादवसहितले पार्टी त्याग गरेपछि त्यो रिक्ततामा महासेठले आफूलाई मधेशको आगामी नेतृत्वका रुपमा उभ्याएका छन्।
पहिलो, सत्तामा टिक्न मधेशी दलको सहारा लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको राजनीतिमा नेकपा (एमाले)को सन्तुलन कायम राख्न महासेठलाई अघि सारेका हुन्। धनुषाबाटै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउनुपरेपछि मधेशका एमाले नेता-कार्यकर्तालाई ढाडस दिन महासेठलाई पनि उपप्रधानमन्त्रीको हैसियत दिइएको अनुमान छ।
दोस्रो, आगामी निर्वाचनमा मधेशको लाभ बटुल्ने योजनामा रहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई मधेशलाई नेतृत्व गर्ने सारथि चाहिएको छ। एमालेमा रहेका मधेशका बलिया नेताहरु रामचन्द्र झा, महेन्द्रराय यादवसहितले पार्टी त्याग गरेपछि एमालेसँग मधेशलाई नेतृत्व दिनसक्ने अनुहारको अभाव छ। त्यही रिक्ततामा महासेठले आफूलाई मधेशको आगामी नेतृत्वका रुपमा उभ्याएका छन्। २०७४ सालको आम निर्वाचनमा प्रदेश २ का ३२ निर्वाचन क्षेत्रमध्ये लीलानाथ श्रेष्ठलाई छोडेर एमालेबाट चुनाव जित्ने महासेठ मात्रै हुन्। यही कारणले प्रधानमन्त्री ओली मधेशमा आफ्नो उपस्थितिका लागि महासेठलाई सँगै राख्नुपर्ने बाध्यतामा छन्।
२१ जेठ शुक्रबार मन्त्री नियुक्त भएपछि परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्न जाने क्रममा रघुवीर महासेठ ।
तेस्रो, महासेठको सबैभन्दा ठूलो शक्तिको स्रोत चाहिँ उनको आर्थिक सम्पन्नता हो। मधेशका सम्पन्न परिवारका महासेठको पारिवारिक सम्बन्धले पनि उनको आर्थिक हैसियत थप बढाउन मद्दत गरेको छ। उनी गैरआवासीय नेपाली व्यवसायी उपेन्द्र महतोका बहिनी-ज्वाइँ हुन्। महतो आफैंमा सत्ता राजनीतिमा समेत प्रभाव पार्न सक्ने सामर्थ्यका व्यवसायी मानिन्छन् । महासेठको सम्पन्नताकै कारण पार्टीका नेताका लागि उनले गरेको लगानीले हैसियत बढाएको एमालेका एक केन्द्रीय नेता बताउँछन्।
पार्टीभित्रैका आलोचकहरु महासेठको अहिलेको छलाङका पछाडि उनको वैदेशिक सम्बन्ध पनि कारण हुनसक्ने बताउँछन्। नाम उल्लेख गर्न नचाहने एक नेता भन्छन्, “दक्षिणतिरको उनको सम्बन्धको बारेमा पार्टी पंक्तिमा लुकेको छैन।”
अघिल्लो पटक मन्त्री हुँदा महासेठले बुझाएको सम्पत्ति विवरण अनुसार, उनको ललितपुर महानगरपालिकामा झन्डै पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा घरजग्गा तथा जनकपुरमा विभिन्न स्थानमा गरी कैयौं बिघा जग्गा छ। उनकी श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुरमा १० बिघाभन्दा धेरै जग्गा छ। उनको परिवारको सगोलमा धनुषामा झन्डै १४७ बिघा जमीन छ। टेलिकम सेवा प्रदायक यूटीएलसहितका कम्पनीका उनको शेयर लगानी छ। यसबाहेक हिरा, जवाहरात, मोटरगाडीसहितको सम्पत्ति पनि उनीसँग छ।
पार्टीभित्रैका आलोचकहरु चाहिँ उनको अहिलेको छलाङका पछाडि उनको वैदेशिक सम्बन्ध पनि कारण हुनसक्ने बताउँछन्। नाम उल्लेख गर्न नचाहने एक नेता भन्छन्, “दक्षिणतिरको उनको सम्बन्धको बारेमा पार्टी पंक्तिमा लुकेको छैन।”
जुलीकुमारी महतो ।
ओली निकट स्रोतका अनुसार, अघिल्लो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा बदनाम बनेका उनलाई प्रधानमन्त्री स्वयंले पटकपटक चेतावनी समेत दिएका थिए। तर, महासेठले विभिन्न शक्ति केन्द्रहरूमार्फत प्रधानमन्त्रीलाई आफूलाई नहटाउन दबाब दिएका थिए। तर, उनी सफल भएनन्।
तर, यतिवेला परराष्ट्र मामिलाको खासै ज्ञान पनि नभएका महासेठलाई प्रधानमन्त्री ओलीले अनुभवी प्रदीप ज्ञवालीलाई हटाएर विदेशी राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्बन्ध सुधार गर्नुपर्ने जिम्मेवारी सुम्पेका छन्।
विद्यार्थी राजनीतिदेखिकै नाता
महासेठको एमालेसँगको साइनो नयाँ भने होइन। अनेरास्ववियूको विद्यार्थी राजनीतिमार्फत एमालेसँग जोडिएका महासेठ २०५१ सालमा तत्कालीन एमालेको नौ महीने शासन कालमा उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष नियुक्त गरिएका थिए। २०६५ सालमा संविधानसभा उपनिर्वाचनमा जितेका महासेठले २०७४ सालको आम निर्वाचनमा पनि धनुषा-४ बाट जितेका हुन्। उनको क्षेत्रका स्थानीय एमाले नेता बच्चेलाल महतो एमालेको बलियो संगठनका साथै महासेठको पर्याप्त खर्च गर्नसक्ने सामर्थ्यका कारण उनले चुनाव जितेको बताउँछन्।
प्रधानमन्त्री ओली दाहिना भएकै कारण महासेठ परिवार २०७४ सालयता निरन्तर शक्तिमा छ। ओलीको पहिलो मन्त्रिमण्डलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका महासेठ २०७६ मंसीरको मन्त्रिमण्डल पुनर्गठनमा बाहिरिएका थिए। मन्त्रीबाट बाहिरिनुपरेपछि प्रधानमन्त्री ओलीसँगको दूरी बढ्दै गएका उनी एमालेमा विभाजनको स्थिति शुरु भएपछि श्रीमती जुलीकुमारीसहित माधव नेपाल खेमामा लागेका थिए।
एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सचिवमा प्रतिस्पर्धी रहेका महासेठ पराजित भए पनि पार्टी अध्यक्ष ओलीसँगको निकटताका कारण उनको शक्ति कमजोर भएन। २०७३ सालमा उनी र उनकी श्रीमती दुवै एमालेको केन्द्रीय सदस्य मनोनीत गरिएका थिए। नेकपा माओवादी केन्द्रसँग एमालेको एकीकरणपश्चात् बनेको नेकपामा स्थायी समिति सदस्य बनाइएका महासेठ अहिले एमालेमा पनि स्थायी समिति सदस्यकै हैसियतमा छन्। यसका अतिरिक्त उनी अहिले एमालेको ओली खेमा तर्फबाट प्रदेश २ को इन्चार्ज पनि हुन्।
बुझ्न गाह्रो छैन, प्रधानमन्त्री ओली दाहिना भएकै कारण महासेठ परिवार २०७४ सालयता निरन्तर शक्तिमा छ। ओलीको पहिलो मन्त्रिमण्डलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका महासेठ २०७६ मंसीरको मन्त्रिमण्डल पुनर्गठनमा बाहिरिएका थिए। मन्त्रीबाट बाहिरिनुपरेपछि प्रधानमन्त्री ओलीसँगको दूरी बढ्दै गएका उनी एमालेमा विभाजनको स्थिति शुरु भएपछि श्रीमती जुलीकुमारीसहित माधव नेपाल खेमामा लागेका थिए। तर, गत १० पुसको मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीले जुलीकुमारीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएपछि महासेठ ओली गुटतिरै फर्किएका थिए।
के पनि बताइन्छ भने, उपप्रधानमन्त्रीसँगै प्रभावशाली परराष्ट्र मन्त्रालय पाए पनि महासेठको रुचि परराष्ट्रभन्दा पनि गृह मन्त्रालयमा थियो। तर, प्रधानमन्त्री ओलीले गृह मन्त्रालय राख्ने भएपछि उनी परराष्ट्रमन्त्री बनेका हुन्। ज्ञवाली निकट स्रोतका अनुसार, उनलाई मन्त्रालयबाट हटाइन लागेको जानकारी शुक्रबार दिउँसो मात्रै दिइएको थियो।
एमालेका नेता विष्णु रिजाल विद्यार्थी कालदेखि नै एमालेसँग संलग्न महासेठ प्रदेश नम्बर २ को एमालेका स्थापित नेतृत्व भएकाले सरकार पुनर्गठनमा उनको हैसियत बढेको देख्छन्। उनी भन्छन्, “तराईमा पदको प्रतिस्पर्धा पनि हुन्छ, धनुषाकै प्रतिनिधित्व गर्ने अन्य पार्टीका नेता सरकारमा उच्च पदमा जाँदा भविष्यमा एमालेको पक्षमा मतदातालाई आकर्षित गर्न कठिन पर्छ भन्ने आकलनले गर्दा सन्तुलन मिलाउन उहाँलाई उपप्रधानमन्त्री बनाइएको हो” उनले भने।
धनुषाबाहेक प्रदेश २ का अरु जिल्लामा महासेठको प्रभाव नरहेकाले यसले एमाले र अध्यक्ष ओलीलाई खासै फाइदा नपुर्याउने स्थानीय एमाले नेता बच्चेलाल महतोको तर्क छ। “बरु महासेठकै कारण कतिपय एमाले कार्यकर्ता ओलीबाट टाढा पुगेका छन्”, उनी भन्छन्।
तर, महासेठ अरुको कुरा नसुन्ने विशेषताका भएका उनकै पार्टीका कार्यकर्ताहरु बताउँछन्। उनको क्षेत्रका स्थानीय एमाले नेता बच्चेलाल महतो भन्छन्, “कार्यकर्ताले अप्ठ्यारो परेर फोन गर्दा समेत सम्पर्क गर्न सकिँदैन, अरुलाई वास्तै गर्दैनन्, उनको बल भनेकै उनीसँग भएको सम्पत्ति हो।”
महतो धनुषाबाहेक प्रदेश २ का अरु जिल्लामा महासेठको प्रभाव नरहेकाले यसले एमाले र अध्यक्ष ओलीलाई खासै फाइदा नपुर्याउने तर्क गर्छन्। “बरु महासेठकै कारण कतिपय एमाले कार्यकर्ता ओलीबाट टाढा पुगेका छन्”, उनी भन्छन्।
जस्तो कि, पूर्वमन्त्री समेत रहेका धनुषाकै एमाले नेता रामचन्द्र झाले पार्टी छाड्नुको एउटा कारण महासेठसँगकै अन्तरसंघर्ष मानिएको छ। धेरै नेता कार्यकर्ताले २०६३/६४ पछि एमाले छोडेर मधेशकेन्द्रित दलमा लाग्दा पनि झा एमालेमै बसे। मधेशबाटै उनले मधेशकेन्द्रित दलको ‘एक मधेश एक प्रदेश’ को खुलेर विरोध गरे। तर, तिनै झा एमालेमा टिक्न नसक्नुमा महासेठ नै कारक बने।
पार्टी नेतृत्वले महासेठलाई अनावश्यक महत्त्व दिँदा झा जस्ता थुप्रै नेता-कार्यकर्ताले एमाले छोडेको स्थानीय एमाले नेता बताउँछन्। “अहिले पनि शत्रुधन महतो, श्रीप्रसाद साह लगायत नेता कार्यकर्ता ओलीसँग छैनन्। यसको कारण ओलीको महासेठ–प्रेम नै हो”, नाम नबताउने एक नेता भन्छन्।