एमालेका १५ स्थायी कमिटी सदस्यले मागे उपप्रम महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीको धारणा
सत्तारुढ दल नेकपा (एमाले) का १५ जना स्थायी कमिटी सदस्यले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग धारणा मागेका छन्।
१५ स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै शनिबार उपप्रधानमन्त्री महतोको संविधान विरोधी अभिव्यक्ति कुनै पनि नेपालीलाई स्वीकार्य नहुने बताएका हुन्। उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पानुपर्ने उनीहरूको माग छ।
महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताएका थिए।
एमालेका स्थायी कमिटी सदस्यहरूले यसलाई राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति भएको बताएका छन्।