निषेधाज्ञामा सिप्रदीको आकस्मिक मर्मत सेवा
कोरोना भाइरस महामारीका कारण गरिएको निषेधाज्ञाको समयमा सिप्रदी ट्रेडिङले आकस्मिक मर्मत सेवा दिइरहेको छ।
करीब एक महिनाको समयमा दुई हजार ४०० भन्दा बढी सवारी साधनको मर्मत र सर्भिसिङ गरेको सिप्रदीले जनाएको हो।
सिप्रदीले निषेधाज्ञाको समयमा चल्ने सुरक्षा, स्वास्थ्य सेवा, एम्बुलेन्स खाद्यान्न, तरकारी, ग्यास, पानी लगायतको ढुवानीमा आवश्यक गाडीलाई सेवा दिइरहेको छ।
स्वास्थ्य मापदण्ड पालना गरेर आधिकारिक विक्रेता तथा सेवा केन्द्रमार्फत् देशभर २४ घण्टा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ।
अत्यावश्यक गाडी मर्मत, पार्टपूर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सिप्रदीले अनुरोध गरेको छ।