विश्वकप छनोट : नेपालको जित, भारत पराजित
विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएका खेलमा नेपालले जित हासिल गरेको छ भने अर्को समूहमा रहेको भारत पराजित भएको छ।
कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध २–० गोलको जित निकालेको हो। नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए।
खेल शुरू भएको चार मिनेटमै अन्जनले नेपालका लागि गोल गरेका थिए। पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा नेपालमाथि चाइनिज ताइपेइले दवाव बनाएको थियो। तर, खेलको अन्तिमतिर नेपालका लागि नवयुगले गोल गर्दै २–० को जित दिलाएका हुन्।
योसँगै समूह ‘बी’मा रहेको नेपालले ६ अंक जोडेको छ। नेपालकै समूहमा रहेको अस्ट्रेलियाले कुवेतलाई ३–० ले पराजित गर्दै १५ अंक जोडेको छ। नेपालले अस्ट्रेलियासँग ११ जुनमा खेल्नेछ।
त्यस्तै, समूह ‘बी’मा रहेको कुवेत र जोर्डनको १०–१० अंक रहेको छ। नेपालले भोलि जोर्डनसँग खेल्नेछ। चाइनिज ताइपेइले भने कुनै अंक जोड्न सकेको छैन।
त्यस्तै, समूह ‘ई’मा रहेको भारत कतारसँग पराजित भएको हो। कतारले भारतविरुद्ध १–० को जित निकालेको छ।
खेलको ३३ औं मिनेटमा कतारका अब्देलाजिजले गोल गरेका थिए। दोस्रो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि कतारले भारतमाथि १–० को जित निकालेको हो।
त्यस्तै, यहि समूहको अर्को खेल अफगानिस्तान र बंगालदेशले बराबरी खेलेका छन्। दुवै टोलीले एक–एक गोल गरेका थिए।
यो हारसँगै भारत समूह ‘ई’ को चौथो स्थानमा खस्किएको छ। यो समूहमा कतारले १९, ओमानले १२, अफगानस्तिानले ५ र बंगलादेशले ३ अंक जोडेका छन्।
अब नेपालले दोस्रो खेल भोलि जोर्डनसँग खेल्नेछ।