नेपालले चाइनिज ताइपेइलाई २ गाेलले हरायाे
विश्वकप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ।
कुवेतमा भइरहेकाे खेलमा नेपालले २-० गोलले जित हासिल गरेको हो। नेपालका लागि खेलको चौथो मिनेटमा अन्जन विष्टले पहिलो गोल गरेका थिए।
त्यस्तै, दोस्रो हाफमा नेपालले अर्को गोल थपेको हो। नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल गर्दै २-० काे अग्रता दिलाएका हुन्।
यो जितसँगै नेपालले तीन अंक जोडेको छ। समूह ‘बी’मा रहेको नेपालले विश्वकप छनोट अन्तर्गत ६ खेलमध्ये दुई खेल जित्दै ६ अंक बनाएको छ।
नेपालले अर्को खेल ७ जुनमा जोर्डनसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल ११ जुनमा अष्ट्रेलियासँग खेल्नेछ।