नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा रेकर्ड कायम भएको छ।
२९.६४ अंकले बढेको बजार हालसम्म कै उच्च २८७५.७७ अंकमा पुगेर फर्किएको छ। आज १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपैयाँ बराबरको कारोबार हुँदा परिसूचक २८५६.७७ अंकमा पुगेर रोकिएको हो।
आज २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार कित्ता शेयर खरीदविक्री भएको छ।
बिहीबार मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो।
त्यस्तै गोर्खाज फाइनान्सको शेयर मूल्य ९.६८ र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा ९.५५ प्रतिशतको वृद्धि भएको छ।