ज्योति लाइफको स्मार्ट एप्समा थप सुविधा
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्मार्ट एप्समा थप सुविधा समेटेको छ।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताको लागि उपयोगी छ। एप्स एन्ड्रोइड तथा आईओएस दुवै प्रविधिमा उपलब्ध छ।
बीमितहरूले ज्योति लाइफबाट जारी गरिएका बीमालेखको विवरण तथा नविकरण सम्बन्धी सम्पूर्ण जानकारी एप्समा प्राप्त गर्न सकिन्छ।
यसमा आवश्यक सूचनाहरूको नोटिफिकेशन समेत आउने कम्पनीले जनाएको छ।
यसका साथै अभिकर्ताले विक्री गरेका बीमालेखको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिका समेतको जानकारी समावेश गरिएको छ।
ज्योति लाइफले सबै प्रकारका बीमा योजनाको बारेमा भिडियो सहित आफ्ना सेवा–सुविधा समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ।
एप्समा क्यालेण्डर तथा प्रिमियम क्याल्कुलेटरको सुविधा पनि राखिएको छ।