ज्योति गुप्रद्वारा कोभिड नियन्त्रणको लागि २ करोड सहयोग
ज्योति ग्रुपअन्तर्गतका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग प्रालिले कोभिड महामारी नियन्त्रण तथा उपचारको लागि रु. २ करोड रकम सहयोग गरेको छ।
जसअन्तर्गत ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा रु. १० लाख दिएको छ। क्रियशन नेपाललाई रु. ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, अछाम अस्पताललाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
त्यस्तै हेल्थी नेशन फाउण्डेशनलाई रु. ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ।
यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पीएपीआर सुट प्रदान गरेको छ।
जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसियटिभलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो भाडा रु. १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको हो।