फ्रान्सद्वारा स्वास्थ्य सामग्री सहयोग
फ्रान्स सरकारले कोभिड–१९ को नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
स्वास्थ्य सामग्री चार्टर्ड विमानमार्फत् बुधबार बिहान काठमाडौं ल्याइएको हो।
उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रंस्वा जाविये लेजेले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।
फ्रान्सले ५ लाख ४ हजार एफएफपी–२ मास्क, २० हजार २२५ एन्टीजेन टेस्ट किट, १२ हजार प्रोटेक्सन ग्लास लगायत सामग्री सहयोग गरेको छ।