चीनबाट ८ लाख डोज खोप आइपुग्यो
चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ।
खोप लिन बेइजिङ गएको नेपाल वायुसेवा निगमको विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा चीनका राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए।
बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गरेकाे हाे। त्यसमध्ये ५० हजार ४०० डाेज आज बिहान काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार अर्को ५० हजार ४०० डोज आजै साँझ काठमाडौं आइपुग्ने छ। बाँकी ९९ हजार २०० डोज भने भोलि ल्याइने छ।
चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएकाे थियो।