संवैधानिक इजलासमा बस्ने र छाड्नेबारे चार न्यायाधीशका तीन आदेश (पूर्णपाठसहित)
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएका न्यायाधीशका विषयमा प्रश्न उठेपछि चार जना न्यायाधीशले छुट्टाछुट्टै आदेश गरेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका थिए। रिट निवेदक पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास छाड्न पर्ने माग गरेका थिए।
२३ फागुनमा नेकपाको एकीकरण असंवैधानिक ठहर गर्ने इजलासका श्रेष्ठ र त्यसलाई पुनरावलोकन नगर्ने इजलासका केसी संवैधानिक इजलासमा बस्दा प्रतिनिधि सभा विघटन विरुद्धका मुद्दामा निष्पक्षता कायम नहुने भन्दै कानून व्यवसायीले त्यस्तो माग गरेका थिए।
न्यायाधीशद्वय केसी र श्रेष्ठ संवैधानिक इजलासमा बस्ने आदेश दिएपछि अर्का न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छोड्ने आदेश गरेका हुन्। केसी र श्रेष्ठले छुट्टाछुट्टै आदेश गरेका छन् भने कार्की र भट्टराईले संयुक्त आदेश दिएका छन्।
चार न्यायाधीशले दिएका तीन आदेशको पूर्णपाठः