शुरू भयो रोपाइँ (तस्वीरहरू)
मौसममा आएको बद्लावले यो वर्ष छिट्टै पानी परेपछि जेठको मध्यतिरै रोपाइँ शुरू भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु, स्थानी वायु र भारतको विहार आसपासमा बनेको न्यून चापीय क्षेत्रले गर्दा नेपाल वर्षा भइरहेको छ।
वर्षा हुन थालेसँगै किसानले रोपाइ शुरू गरेका हुन्। भक्तपुरको साखुमा स्थानीय वासिन्दाले रोपाइँ शुरू गरेका छन्। निषेधाज्ञा लगाएको भए पनि पानी परेकाले रोपाइँमा जुटेको स्थानीय वासिन्दा बताउँछन्।