किन छाप्न हुँदैन हजारको नोट?
डिजिटल भुक्तानीमा आएको अभूतपूर्व फड्को तथा अर्थतन्त्रलाई पारदर्शी बनाउने आवश्यकताका कारण नेपालले क्रमशः ठूला दरका नोट चलनचल्तीबाट हटाउँदै जानुपर्छ।
नेपालले अब एक हजार दरको नयाँ नोट छाप्न बन्द गर्नुपर्छ। छाप्न बन्द गर्ने मात्र होइन, तीनदेखि पाँच वर्षमा अहिले चलनचल्तीमा रहेका ठूला दरका नोट क्रमशः प्रयोगबाटै हटाउनुपर्छ। सानोतिनो कारोबारका लागि रु.५० वा १०० दरका नोट कायम राखे पनि ठूला दरका नोट दीर्घकालमा विस्थापित गर्दै लैजानुपर्छ।
मेरो यस्तो कठोर जिकिरका पछाडि तीन प्रमुख कारण छन्।
पहिलो, नेपालमा पछिल्ला महीनाहरूमा नगदरहित कारोबारमा अभूतपूर्व क्रान्ति आएको र डिजिटल भुक्तानीप्रति मानिसहरूको ठूलो विश्वास जगाइदिएको छ। नेपाल टेलिकमको फोरजी देशैभरि विस्तार भएको र डिजिटल भुक्तानीका लागि पूर्वाधारहरू बनेका कारण यस्तो परिवर्तन सम्भव भएको बुझ्न कठिन छैन।
पछिल्लो समय डिजिटल कारोबार व्यापक बढेको छ। मोबाइल ब्यांकिङ मात्र होइन, आरटीजीएसमार्फत कर्पोरेट पेमेन्टमा पनि अभूतपूर्व प्रगति भएको छ। यसले चेक काटेर रकम भुक्तानी गर्ने चलन निकै घटाएको छ। अब खल्तीमा नगद नै राखेर हिँड्नुपर्ने वा नगद तिरेर मात्रै कारोबार गर्नुपर्ने आवश्यकता रहेन, डिजिटल कारोबार गर्न सक्ने विकल्प छ।
ग्रामीण क्षेत्रको पछिल्लो परिवर्तन नदेखेका कतिपय मानिसले गाउँका मानिसले डिजिटल भुक्तानी सेवा वा मोबाइल ब्यांकिङ चलाउन सक्दैनन् भन्ने तर्क गर्छन्, जुन सर्वथा गलत हो। किनकि, साधारण लेखपढ गर्न सक्नेले पनि फेसबूक, टिकटक, ट्विटर, युट्युब चलाउन सकेको देखिन्छ। केही महीनाअघि कास्कीको पुम्दीभुम्दीमा घाँस काटेर फर्किइरहेका किशोरीहरूले बाटैमा रोकिएर डेटा चलाई टिकटकमा भिडिओ अपलोड गरिरहेको देखेर म आश्चर्यमा परेको थिएँ।
तथ्यांक हेरौं, बितेको १२ महीनामध्ये कात्तिकलाई एउटा समयसीमा राख्ने हो भने, त्यसभन्दा अघि र पछिको अवधि तुलना गर्दा एटीएमबाट निकालेको रकम र संख्या कात्तिकपछि तुलनात्मक रूपमा बढेको छैन। कात्तिक अगाडि त आर्थिक क्रियाकलाप खुम्चिएका थिए, त्यसपछि सञ्चालनमा आउँदा एटीएम कारोबार बढ्नुपर्नेमा बढेको छैन। जबकि, डिजिटल कारोबार व्यापक बढेको छ। मोबाइल ब्यांकिङ मात्र होइन, आरटीजीएसमार्फत कर्पोरेट पेमेन्टमा पनि अभूतपूर्व प्रगति भएको छ। यसले चेक काटेर रकम भुक्तानी गर्ने चलन निकै घटाएको छ। अब खल्तीमा नगद नै राखेर हिँड्नुपर्ने वा नगद तिरेर मात्रै कारोबार गर्नुपर्ने आवश्यकता रहेन, डिजिटल कारोबार गर्न सक्ने विकल्प छ। त्यसैकारण मैले ठूला दरका नोटको आवश्यकता क्रमशः घट्दै छ भनेको हुँ।
डिजिटल कारोबार पारदर्शी हुन्छ। यसले अर्थतन्त्रलाई पारदर्शी बनाउँछ। ठूलो भ्रष्टाचार वा अवैध कारोबार सानो नोटबाट सम्भव हुँदैन। रु. १०० दरका नोटको गड्डी लिएर कसैले पनि ठूलो रकमको भ्रष्टाचार गर्न सजिलो हुँदैन।
विश्वव्यापी रूपमै डिजिटल कारोबार बढिरहेको छ। जस्तै, स्वीडेनले बिस्तारै नगदरहित (क्यासलेस) अर्थतन्त्रमा जाने कुरा गरिरहेको छ। केन्द्रीय ब्यांकहरूले सेन्ट्रल ब्यांक डिजिटल करेन्सी (सीबीडीसी) शुरू गरिसकेका छन्। जस्तै, चीनको केन्द्रीय ब्यांकले क्रिप्टोकरेन्सीमा रोक लगाएसँगै सीबीडीसीको परीक्षण शुरू गरेको छ। यस्तो मुद्राको प्रचलन शुरू भएपछि केन्द्रीय ब्यांकले नोट छापेर नोटकोष कायम गरी ट्रक वा जिपमा हालेर कारोबार गर्ने विभिन्न ब्यांक तथा वित्तीय संस्थामा पु¥याउनुपर्ने आवश्यकता पर्दैन। यस्तो प्रणाली शुरू भएपछि हुम्ला वा काठमाडौं जहाँसुकै कुनै ब्यांकका शाखामा रकम आवश्यक परे केन्द्रीय ब्यांकले लेजरमा चढाएर उसको अकाउन्टमा डिजिटल अपलोड गरिदिन सजिलो हुन्छ। डिजिटल मुद्रा कहाँ कति छ भन्ने विवरण राष्ट्र ब्यांकको लेजरमा देखिन्छ।
दोस्रो उद्देश्य के हो भने, डिजिटल कारोबार पारदर्शी हुन्छ। यसले अर्थतन्त्रलाई पारदर्शी बनाउँछ। ठूलो भ्रष्टाचार वा अवैध कारोबार सानो नोटबाट सम्भव हुँदैन। रु. १०० दरका नोटको गड्डी लिएर कसैले पनि ठूलो रकमको भ्रष्टाचार गर्न सजिलो हुँदैन। अहिले मालपोतमा जग्गा किनबेच हुँदा जग्गाको मूल्यांकन कम देखाएर आधाजति नगदमा कारोबार भइरहेको छ। यसले ठूलो रकम राजस्व गुमिरहेको छ। यस्तो प्रवृत्ति पनि ठूलो दरको नोट नहुनेबित्तिकै निरुत्साहन हुन्छ। भारतमा दुई पटक, इन्दिरा गान्धीको पालामा र सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला दरका नोटको कारोबार रोक्ने (नोटबन्दी) लगाए। त्यस्तो नोटबन्दीको मुख्य उद्देश्य पनि अवैध कारोबारलाई नियन्त्रण गर्नु थियो। भलै, त्यो सफल हुन सकेन। मेरो तर्क के हो भने, मान्छेले चेक काटेर वा डिजिटल रकम पठाएर भ्रष्टाचार गर्ने हिम्मत कमै गर्छन्।
नोट जति ठूलो भयो त्यसले मुद्रास्फितिमा प्रभाव पार्दै जान्छ। नोटको जबदेखि विकास भयो त्यतिवेला साना–साना दरका नोट छापिएका थिए, एकै पटक ठूलो नोट छापिएको होइन। मुद्रास्फिति बढ्दै गएसँगै ठूला दरका नोट आउन थालेका हुन्।
तेस्रो कारण, नोट जति ठूलो भयो त्यसले मुद्रास्फितिमा प्रभाव पार्दै जान्छ। नोटको जबदेखि विकास भयो त्यतिवेला साना–साना दरका नोट छापिएका थिए, एकै पटक ठूलो नोट छापिएको होइन। मुद्रास्फिति बढ्दै गएसँगै ठूला दरका नोट आउन थालेका हुन्। नेपालमा पनि रु.एक हजारको नोट साना नोट छापिन थालेको निकै समयपछि मात्रै छापिएको हो। यसको प्रभाव सारै ठूलो त नहुनसक्छ, तर सानो दरका नोट मात्रै प्रचलनमा हुँदा मानिसको खर्च गर्ने वा व्यवहार गर्ने तरिकामा पक्कै प्रभाव पार्छ। जसले बजारमा मूल्यको चाप कम गर्न मद्दत गर्छ।
एकैपटक एक हजार दरको नोट प्रचलनबाट हटाउने भनेको होइन। एकैदिन प्रचलनबाट हटाउने भनेको होइन। नयाँ नोट छाप्न बन्द गरे पनि केही वर्षसम्म अहिले प्रचलनमा रहेका नोट कायम रहनेछन्। नोटको आयु तीन–चार वर्ष मानिन्छ। बिस्तारै यो हट्दै जान्छ, त्यसैले मानिसलाई अप्ठ्यारो पर्दैन।
मेरो विचारमा, चीनको ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता नेपालको गाउँका जनताभन्दा धेरै पढेलेखेका र टाठाबाठा छैनन्। बाहिरबाट हेर्दा चीन चमकधमक देखिए पनि अझै पनि कतिपय गाउँ पिछडिएका छन्। द्रुत आर्थिक विस्तार गरेका प्रान्तमा पनि पिछडिएका गाउँहरु छँदै छन्।
तर, चीनमा अलिपे, वीच्याटजस्ता गैरब्यांकिङ प्लेटफर्म र सामाजिक नेटवर्कको प्रयोग मार्फत डिजिटल कारोबारमा अभूतपूर्व फड्को मारिएको छ। गाउँमा उत्पादित कृषि वस्तु डिजिटल प्रविधिको प्रयोगमार्फत बिक्री गरेर किसानले ठूलो लाभ उठाएका छन्। हामीकहाँ पनि त्यसैगरी प्रयोग हुने सम्भावना हुन्छ।
अहिले काठमाडौंबाट दामन, पालुङ, धुलिखेल जस्ता वरिपरिका स–साना नगर वा नगरोन्मुख गाउँमा डिजिटल प्रविधिमार्फत सामान मगाइने गरेका छन्। त्यसरी मगाइएको सामानको भुक्तानी पनि डिजिटल प्रविधि मार्फत नै भइरहेको छ।
अहिले नै पनि काठमाडौंबाट दामन, पालुङ, धुलिखेल जस्ता वरिपरिका स–साना नगर वा नगरोन्मुख गाउँमा डिजिटल प्रविधिमार्फत सामान मगाइने गरेका छन्। त्यसरी मगाइएको सामानको भुक्तानी पनि डिजिटल प्रविधि मार्फत नै भइरहेको छ। धुलिखेलमा बसेर काठमाडौंमा बनेको पिज्जा खाइरहेका छन्। त्यसको भुक्तानी डिजिटल प्रविधि मार्फत नै हुन्छ। सिरहाको चौहर्वाजस्तो ठाउँको पेट्रोल पम्पमा मैले क्यूआर कोड प्रयोग गरेर तेल भरेको रकम भुक्तानी गरेको छु।
महामारीको दोस्रो लहर शुरू हुनुअघि मैले देशको पूर्वदेखि पश्चिमसम्मको भ्रमणमा के अनुभूति गरेँ भने देशैभरि डिजिटल कारोबार बढेको छ। अब ससाना पसल वा रेस्टुराँमा पनि क्यूआर कोडमार्फत डिजिटल भुक्तानी सम्भव भइहेको छ।
नयाँ प्रविधि प्रयोग गर्ने दर भारत वा चीनको गाउँको तुलनामा हाम्रोमा बढी छ। त्यसैले, नेपालमा डिजिटल प्रविधिको प्रयोग विस्तार सम्भव छ। यसका लागि ब्याकबोनका रूपमा डिभाइस र कनेक्टिभिटीले काम गर्छ। मान्छेसँग हातहातमा स्मार्टफोनको पहुँच विस्तार भइरहेको छ, अर्कातिर नेपाल टेलिकमको फोरजी प्रविधि देशैभरि दूरदराजसम्म विस्तार भइरहेकाले कनेक्टिभिटीको पहुँच पनि बढेको छ। यसले डिजिटल कारोबारका लागि सघाएको छ। कतिपय सेवा प्रदायकले एसएमएसमा आधारित भुक्तानीको अवधारणामा काम गरिरहेका छन्। मेरो विचारमा नेपाल टेलिकमले पनि मोबाइल फोनमार्फत एसएमएस जसरी सेवा दिनुपर्छ।
अवैध काम गर्ने, अवैध धनको कारोबार गर्नेले डिजिटल भुक्तानीलाई निरुत्साहित गर्न खोज्छन्। किनभने, यो पारदर्शी भएकाले अवैध कारोबारलाई यसले अप्ठ्यारोमा पारिदिन्छ।
(पूर्व अर्थसचिव खनालसँग कुराकानीमा आधारित।)