देशका ७५ जिल्लामा निषेधाज्ञा, जनजीवन प्रभावित, कहाँ कहिलेसम्म?
कोभिड–१९ को संक्रमण रोक्न भन्दै देशका बिभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ। एक महीनादेखिको निषेधाज्ञाले जनजीवन प्रभावित भएको छ भने अझ कतिपय जिल्लामा जेठभरि नै निषेधाज्ञा थपिएको छ।
गृह मन्त्रालयका अनुसार सोमबार बिहानसम्म ७५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। अहिलेसम्म हिमाली जिल्ला मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा लगाइएको छैन।
काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञा २० जेठमा सकिँदै छ। त्यसपछि के गर्ने भन्ने एकीन भएको छैन। ललितपुरका प्रमुख जिल्ला अधिकारी बुण्डिप्रसाद निरौला अहिलेसम्मको कोभिड-१९ अवस्थाको समीक्षा गरेर मात्रै के गर्ने भन्ने तय हुने बताउँछन्।
काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागू भएको एक महीना नाघेको छ। तीनै जिल्लामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएको थियो।
केही जिल्लामा निषेधाज्ञा लागू भएको एक महीना नाघेको छ। केही जिल्लामा जेठ अन्तिमसम्म निषेधाज्ञाको घोषणा गरिसकिएको छ।
बैतडी, कालिकोट र प्युठानमा भने ३१ जेठसम्म निषेधाज्ञा घोषणा गरिएको छ। सप्तरीमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। सप्तरीमा २५ वैशाखबाट निषेधाज्ञा लागू गरिएको हो।
एक महीनादेखि लगातारको निषेधाज्ञाले देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ। दैनिक मजदुरीमा निर्भर परिवारलाई हातमुख जोड्न समस्या हुन थालेको छ।
कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?