कोरोनाबाट त्रिविका सहप्राध्यापक सहित २३ शिक्षक-कर्मचारीको मृत्यु
कोरोनाभाइरस (कोभिड-१९) बाट आइतबारसम्म त्रिभुवन विश्वविद्यालयका दुई सहप्राध्यापक सहित २३ जनाको मृत्य भएको छ।
त्रिवि रजिस्ट्रार कार्यालयका अनुसार मृत्यु हुनेमध्ये शिक्षक ११ र कर्मचारी १२ जना छन्। पहिलो र दोस्रो लहरमा गरी त्रिविका ६१६ जना शिक्षक–कर्मचारी संक्रमित भएको रजिस्ट्रार कार्यालयका सूचना तथा सम्पर्क महाशाखा प्रमुख योगेन्द्र दाहालले जानकारी दिए।
कोरोनाबाट ज्यान गुमाएका शिक्षकहरूः
१) किशोर महर्जन, सहप्राध्यापक
२) शेरजंग खड्का, सहप्राध्यापक
३) शंकर सुवेदी, उपप्राध्यापक
४) विनय प्रसाई, उपप्राध्यापक
५) दिपक मैनाली, उपप्राध्यापक
६) निमा शेर्पा, उपप्राध्यापक
७) उमेश यादव, उपप्राध्यापक
८) धर्मेन्द्र महर्जन, शिक्षण सहायक
९) डोलबहादुर भण्डारी, शिक्षण सहायक
१०) मनोज चौरसिया, आंशिक शिक्षक
११) नविन कर्ण, आंशिक शिक्षक
कोरोनाबाट ज्यान गुमाएका कर्मचारीहरूः
१) शम्भुप्रसाद भट्टराई, महाशाखा प्रमुख
२) संगिता श्रेष्ठ मल्ल, उपप्रशासक
३) सन्तोष मानन्धर, शाखा अधिकृत
४) रवीन्द्रमान वसी, शाखा अधिकृत
५) गुलाबरत्न शाक्य, शाखा अधिकृत
६) मोहम्मद शरिफ राइन, शाखा अधिकृत
७) उर्मिला गिरी, शाखा अधिकृत
८) सप्तबहादुर पुन, कार्यालय सहयोगी
९) शान्ती थिङ, कार्यालय सहयोगी
१०) दुरमाया तामाङ, कार्यालय सहयोगी
११) गोविन्द गिरी, कार्यालय सहयोगी
१२) छोरी पोडे, कार्यालय सहयोगी